सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायिका अञ्जु थोकरसँग अलिकति माया माग्दै गायक मिलन दोङ

गायक मिलन दोङको तामाङ मौलिक गीत “एला माया जक्की” बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक दोङ्कै शब्द रहेको छ । संगीतकार छेडुप मोक्तानको संगीत रहेको यस गीतमा गायक दोङ्लाई गायिका अञ्जु थोकरले गायनमा साथ दिएकी छिन् । पवन वाङ् लामाको संगीत रहेको यस गीतलाई दिपेश प्रधानले अडियो मिक्सिङ गरेका हुन् । गीतलाई आशिष मोक्तानले निर्माण गरेका हुन् ।

विशेषगरी तामाङ समुदायको संस्कृति दर्शाउने यस गीतमा च्याङ्बा र म्हारम्हेन्दो बिचको माया प्रेमलाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा नायक कुमार मोक्तान र मोडल निरञ्जली लामा को अभिनय रहेको छ । भिडियो निर्देशन अजय स्याङ्तानले गरेका हुन् भने छायांकन विक्रम मोक्तानले गरेका हुन् ।

भिडियो हेर्नुहोस् ।

भर्खरै

सम्बन्धित खबर

Language »