सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायिका बिष्णु माया पौडेलको स्वर र मोडलिङमा स्माईल धितालको नयाँ गित “माया चोखो छ” सार्बजनिक

 काठमाडौं ।नेपाली लोक दोहोरी क्षेत्र र बिशेषगरि स्टेज कार्यक्रमहरुमा अत्यन्तै चर्चामा सुनिएको कार्यक्रम संचालिका,मोडल तथा गायिका बिष्णु माया पौडेलको स्वर र मोडलिङमा स्माईल धितालको नयाँ गित “माया चोखो छ” सार्बजनिक गरिएको छ ।

 प्रियसि म्युजिक युटयुब च्यानल मार्फत सार्बजनिक गीतमा गायिका पौडेललाई गायक पुष्कल शर्मा ले स्वरमा साथ् दिएका छन।

महेन्द्र बिश्वकर्मा को शब्द तथा बिमल डाँगी को लय रहेको गीतको भिडियोलाई दिपक गिरि ले छायांकन गरेका छन् भने बबिता श्रेष्ठले निर्देशन गरेका छन् ।

 नेपालीहरूलाई फरक मनोरञ्जन प्रदान गर्न गीत सङ्गीतको भिडमा यो फरक तर मौलिक गीत बनाएको गायिका पौडेलले बताईन् ।

उत्त भिडियोमा स्माईल धिताल,बिष्णु माया पौडेल,सरिता राज उपाध्याय,सन्तोष दाहाल लगाएतको अभिनय रहेको छ । भिडियो हेर्नुस् –

भर्खरै

सम्बन्धित खबर

Language »