सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायिका माण्डवी त्रिपाठ्ठीकाे सम्झनामा स्वर्गीय गायिका याेगिता माेक्तान

काठमाडौँ । गायिका माण्डवी त्रिपाठ्ठीले स्वर्गीय जनवादी गायिका योगिता मोक्तानको बारेमा भावुक हुँदै सारा खबरसँग छोटो संवाद भएको थियो ।

बाटोमा हिड्दा प्राय योगिताको अनुहार जस्तै धेरै मान्छेहरु देखिने बताइन् । कतै योगिता नै छन् जस्तो पनि लाग्ने गरेको उहाँले सारा खबरलाई सुनाइन् ।

“काठमाडौँ महल पुग्दा अहिले पनि योगिता मोक्तान एतै कतै छ कि जस्तो लाग्छ । खै किन हो अहिलेसम्म योगिता मोक्तानको सम्झना हराएको छैन । सायद हाम्रो मन मिलेर पो हो कि ?” हामीसँग छोटो सम्बादमा गायिका त्रिपाठ्ठीले यसरी अनुभव साटिन् ।

जनवादी गायिका तथा सेलो गायिका योगिता मोक्तानको सम्झनामा चैत्र २८ गते शनिबार बौद्धमा ताम्सलिङ टि.भी. र नेपाल तामाङ कलाकार संघको संयुकत आयोजनामा समृति सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ट संगीतकार तथा गायक चन्द्र कुमार दोङको प्रमुख आत्थ्यितामा सम्पन्न भएको समृति सभामा स्वर्गीय योगिता मोक्तानको आमालाई विशेष सम्मान गरेको थियो ।

स्वर्गीय योगिता मोक्तानको जिवनीमा आधारित भिडियो दृश्यहरु पनि देखाएको थियो । भिडियो दृश्य देखाइ रहदा स्वर्गीय योगिता मोक्तानको नजिकको साथी गायिका माण्डवी त्रिपाट्ठी लगाएतका सहपाठीहरुको आँखामा आशु रसाइ रहेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »