सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गीतकार/संगीतकार अनिल लामाले सृजना चाेरी गरेकै हाे त ? गायक राजु लामा विवादमा मुछियाे ।

बिगत २६/२७ बर्ष अघि देखि लाखौंलाख फ्यानहरु माझ लोकप्रिय नेपाली सांगीतिक समूह “मंगोलियन हार्ट”का गायक राजु लामाको गीत अहिले विवादित बनेको छ । लामाको हालसालै सार्वजनिक भएको “शैलुङ्गे मेला म जाँदा ” बोलको सेलो गीत अर्का गायक टंक दुनुवारको “उदयपुरगढी म जाँदा” गीतसँग शब्द संगीत हुबहु मिलेकाले अहिले चोरीको आरोप सहित सो गीतको जनस्तरमा चर्को आलोचना भैरहेको छ ।

“मंगोलियन हार्ट” को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको लामाको सो गीतले यो समाचार तयार पार्दासम्म एक लाख बाह्र हजार चौरासी भ्युज प्राप्त गरेको छ । गीतमा शब्द संगीत अनिल लामाको रहेको छ । छोटो समयमै जनमानसमा लोकप्रिय हुन सफल यस गीत टिकटकमा पनि उतिकै चर्चित छ । गायक दुनुवारले गाएको गीतमा शब्द संगीत गोपाल प्रीति को रहेको छ भने यस गीतलाई पाँच बर्ष अघि जुन सिला मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गायक दुनुवारको सो गीतले युट्युबमा यो समाचार तयार पार्दासम्म ९७२ भ्युज प्राप्त गरेको छ ।

आखिर कसरी मिल्न गयो यी दुई गीतका शब्द संगीत हुबहु । यसलाई संयोग भने पक्कै मान्न सकिन्न र सकिने आधार पनि छैन किनकि गीतको सानो अंश नभई पुरापुर शब्द संगीत नै हुबहु छ ।

किन चोरे त गीतकार संगीतकार अनिल लामाले गायक टंक दुनुवारको गीत ? के दुनुवारको गीत युट्युबमा थोरै भ्युज भएर चोरेका हुन त ? यसरी अरुको सिर्जना माथि धावा बोल्न मिल्छ ? कि चर्चा कमाउनको लागि चोरे त ? यस विषयमा जसरी पनि गीतका गीतकार संगीतकार अनिल लामाले सार्वजनिक रूपमा जवाफ दिनुपर्छ । गीतका वास्तविक सर्जक टंक दुनुवार र गोपाल प्रीतिलाई माफी माग्नुपर्छ ।

किन दिइएन त अनिल लामाले गीतमा गायक टंक दुनुवार र गीतकार संगीतकार गोपाल प्रीतीलाई श्रेय । के अब मंगोलियन हार्टको अफिसियल च्यानलबाट सो गीत हटाइन्छ त ? कि गायकद्वय टंक दुनुवार र गीतकार संगीतकारद्वय गोपाल प्रीतिलाई सम्मान पुर्वक लामाले आफ्नो गीतको श्रेय दिन्छ । हैन भने के गीतकार संगीतकार लामालाई कानुनी कारबाही हुन्छ ?

भिडियो हेर्नुहोस् ,

https://youtu.be/MNPs943-xuc
https://www.facebook.com/watch/?v=2679369008967652

भर्खरै

सम्बन्धित खबर

Language »