सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गीत सुनाएर वडा अध्यक्षले गरे,वडा भेलाको समापन

नन्दलाल साहू

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष जुम्मन खा को अध्यक्षता चाैथो वडा भेला आज समापन भएको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं. ७ कार्यालयले वडा भेला गरि आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा योजना छनौट सहितका छलफलहरु गरेको छ ।

कोभिड–१९को विषम महामारीका कारण ढिलागरी भएको वडा भेला तथा छलफलमा सहभागी भएकाहरुले आ–आफ्ना योजनाहरु प्रस्तुत गरेका थिए ।

सामाजिक दुरी र उपस्थित संख्यालाई ख्याल गर्दै कार्यक्रम आयोजना गरिएको अध्यक्ष खा ले बताएका छ्न।करिव ६५ लाखको बजेट सिलिङ पाएकाले बजेटको सिमितता भित्र योजना बनाउनुपर्ने बाध्यता रहेको वडा अध्यक्ष जुम्मन खाँले बताउनु भयो ।

विकासका लागि वडामा गठन भएका टोल विकास समितिमार्फत योजना छनौटको काम भइरहेको पनि बताए।भेलाको कार्यक्रममा नेकपा नेपालगन्ज उपमहानगरपालिका कमिटी अध्यक्ष डिल्ली बराल, वडा नं. ७ का नेता प्रशान्त श्रेष्ठ लगायतले स्थानीय वडावासीहरुका समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।

भेलामा स्थानीय,जेष्ठ नागरिक,बुद्धिजीवी,अगुवा स्वास्थकर्मी तथा पत्रकार लगायत सयबढिको सहभागिता रहेको वडा भेलामा अध्यक्ष जुम्मन खा ले वडावासीहरुलाई गीत सुनाएर भेलाको समापन गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »