सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुम्बामा अध्ययनरत बालबालिकालाई न्यानो कपडा हस्तान्तरण

बुटवल । सुनापती गाउँ पालिका वडा नं. ३ हिलेदेवी आरु खर्कमा सन्चालित शेरापलिङ अध्ययन केन्द्र गुम्बामा अध्ययनरत बालबालिकालाई जाडोको न्यानो कपडा हस्तान्तरण गरेको छ।

शैलुङ इन्टर्नेशनल एजुकेशन प्रां. लिं. भक्तपुरको प्रबन्ध निर्देशक हिरा लाल तामाङले आफ्नो जन्म दिनको अवसरमा बालबालिका सँगै बसेर जन्म दिन मनाउदै न्यानो कपडा बितरण गरेको हो । यस अध्ययन केन्द्रमा बिगत लामो समय देखि आर्थिक अवस्था कमजोर भै विद्यालय भर्ना हुन नसकेका बाल बालिका लाई अध्ययन केन्द्रले अभिभावकको भुमिका निर्बाह गर्दै पठनपाठनमा सहयोग गर्दै आएको छ ।

अध्ययन केन्द्रले गरेको काम को प्रशंसा गर्दै आगामी दिन मा निरन्तरता को कामाना गरी केही सहयोग गर्ने मौका पाएकोमा खुसी ब्यक्त गर्दै हिरा लाल तामाङले अध्ययनरत बालबालिका को आउने दिनहरु मा उज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ । अध्ययन केन्द्र को अध्यक्ष सरस्वती लामाले सन्चलक समिती को अगुवाइमा समाजसेवी आले लामा, हस्त मोक्तान ,ने क पा माओबादी केन्द्र हिलेदेबी को उपाध्यक्ष राज जोशी र अध्ययन केन्द्र प्रधानाध्यापक जित मोक्तान सङ्गै शैलुङ एजुकेसन भक्तपुर मा जापानीज भाषा अध्ययनरत बिद्यार्थीहरुको उपस्थितिमा बालबालिकासँग जन्म दिन मनाउदै न्यानो कपडा वितरण गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »