सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुम्बा बिकास समितिको बागमती प्रदेशबाट बोर्ड सदस्यमा शिशिर वाईबा

काठमाडाैँ । बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा बिकास समितिको बागमती प्रदेशबाट बोर्ड सदस्यमा पांचपोखरी थाङपाल गाउंपालिका वडा नं ६ निबासी शिशिर वाईबा नियुक्त हुनु भएको छ । नेपाल सरकारका पुर्व मन्त्री एवं सिन्धुपाल्चोक जिल्ला संघीय निर्बाचन क्षेत्र नं २ का मा.शेर बहादुर तामाङको सिफारिसमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्तरीय निर्णयबाट गत २०७७ साउन २ गते उहाँको नियुक्ती भएको हो ।

यस समितिले देश बिदेशमा बौद्ध धर्मको प्रबर्द्धन ,सम्बर्द्धन र देशभरी रहेका गुम्बाहरुको निर्माण, मर्मत सम्भार लगायतका कार्यमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने गर्दछ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जिल्ला कमिटी सदस्य एवं पालिका कमिटी सह इन्चार्ज निर्मल बन्जाराका अनुसार नव नियुक्त वाईबा पांचपोखरी थाङपाल गाउंपालिकाका ईमान्दार,सादगी नेकपा नेता एबम नेकपा पांचपोखरी थाङपाल गाउंपालिका कमिटिका अध्यक्ष समेत हुन ।

नव नियुक्त समिती सदस्य वाईबाले माननीय मन्त्रीज्यु,पुर्वमन्त्री मा.शेर बहादुर तामाङज्यु,संस्कृति ,समन्वयकारी भुमिका निर्बाह गर्नु हुने संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिब रुद्र सिं तामाङ ,मा.मन्त्रीज्युको स्वकीय सचिब लगायत नेकपा सिन्धुपाल्चोक जिल्लाका अग्रज नेतागण,पालिका कमिटिका सहयोद्दाहरु लगयत सम्पुर्ण शुभेच्छुकहरु प्रती हार्दिक आभार प्रकट गर्नु भएको छ ।

स्मरण रहोस यस समितिको अध्यक्ष ,सदस्य सचिब लगायत अन्य सदस्यहरुले केही अगाडि नै नियुक्ती लिई सक्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »