सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुलरिया र बासगढीमा छोरी शिक्षाका लागि रणनितिक योजना तर्जुमा कार्यशाला

नेपालगञ्ज, बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका दुईवटा पालिकामा छोरी शिक्षाका लागि रणनिति योजना निर्माण प्रारम्भिक कार्यशाला सम्पन्न गरेको छ ।


क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत गुलरिया नगरपालिका र बासगढी नगरपालिकामा नगर शिक्षा समितिको समन्वयमा सो कार्यशाला आयोजना गरिएको हो ।
बालिकाहरुलाई विद्यालयमा टिकाई राख्नुका साथै विभिन्न कारणले विद्यालय आउन नपाएका छोरीहरुलाई विद्यालयसम्म ल्याउनका लागि सो रणनितिक योजना तर्जुमा कार्याशालाको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

No description available.


उहाँले छोरीहरुले विचमै विद्यालय छोड्ने जोखिम बढी रहेको हुँदा सो हुन नदिन रणनितिक योजना तर्जुमा गरिने बताउनुभयो ।
दुबै पालिकामा आयोजना गरिएका कार्यशालामा वर्तमान शिक्षा सम्बन्धि नितिगत र कानुनी व्यवस्था, पालिकाहरुको अवस्था विश्लेषण, विद्यालय बाहिर रहेका छोरीहरुको अवस्था विश्लेषण गर्नुका साथै लक्षित समुह र शिक्षा विदहरुसंग छलफल गरिएको परियोजनाका संयोजक बसन्त विसीले बताउनुभयो ।

No description available.


गुलरिया नगरपालिकामा उपमेयर सुशिला गिरीको अध्यक्षतामा र बासगढीमा शिक्षा शाखा प्रमुख क्षत्र बहादुर शाहीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । गुलरियामा आइएलओका परियोजना संयोजक प्रकाश शर्मा र बासगढीमा मध्यपश्चिम विश्व विद्यालयका उपप्राध्यापक रविन मल्लले सो कार्यशालामा सहजीकरण गर्नु भएको थियो ।


बर्दियाका बासगढी, गुलरिया, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा छोरी शिक्षाका लागि रणनिति र योजना तयार गरिने क्लबले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »