सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुल्मीमा क्वारेन्टाइनबसेका पुरुषद्वारा झुन्डिएर आत्महत्या

गुल्मी । गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका–४ का ५६ वर्षीय चन्द्रबहादुर परियारले क्वारेन्टाइनबाट भागेर आत्महत्या गरेको वडा अध्यक्ष डिलाराम न्यौपानेले जानकारी दिए ।

उनी शनिबार मात्रै भारतबाट आएका थिए । उनलाई आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो । सो क्वारेन्टाइनमा ३० जनालाई राखिएको थियो ।

साँझ परेपछि शौचालय जान्छु भनेर नजिकैको झाडीतर्फ गएका उनी धेरै बेरसम्म नआएपछि खोजी गर्दा २ सय मिटर टाढाको रूखमा झुन्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष डिलाराम न्यौपानेले बताए ।

परियार अरू ६ जनासँगै दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा ३० जना थिए । गाउँपालिकाको स्वास्थ्यकर्मीको समूहले शनिबार साँझ उनीहरूको स्वास्थ्य परीक्षण सुरु गरेलगत्तै परियार शौचालय जाने भनेर हिँडेका थिए ।

स्वास्थ्य परीक्षणमा उनी उपस्थित नभएपछि खोजी गर्दै घरमा पुग्दासमेत नभेटिएपछि परिवारकै सल्लाहमा जंगलमा खोजेको वडा अध्यक्ष न्यौपानेले बताए । परिवारका अनुसार उनले यसअघि पनि आत्महत्याको प्रयास गरेका थिए । घटनास्थलमा शृंगा प्रहरी चौकीको टोली पुगेको छ । तर कोभिड–१९ संक्रमण भएको आशंकाले शव रूखमै झुन्डिएको छ ।

कसरी निकाल्ने भन्ने विषयमा स्थानीय प्रशासनसँग छलफल र समन्वय भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्तले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »