सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुल्मीमा पहिरो जाँदा दुई जनाको उद्धार, दुई अझै वेपत्ता : १४ घर विस्थापित

गुल्मी /असार १९
गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् । दुई जनालाई उद्धार गरिएको छ ।

इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टका अनुसार गएरातिदेखि परेको पानीका कारण पहिरो जाँदा सो स्थानमा १५–२० घर जोखिममा समेत परेका छन् ।

उद्धारका लागि सदरमुकाम तम्घासबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई बोलाइएको अध्यक्ष विष्टले बताउनु भयो । घटनास्थल सदरमुकाम तम्घासबाट करिब तीन घण्टा पैदल दुरीमा पर्दछ ।

पहिरोले इश्मा गाउँपालिकाका अन्य वडाहरुमा पनि क्षति पुर्याएको छ । गाउँपालिका अध्यक्ष विष्टले दिएको जानकारी अनुसार वडा नं. ४ को रातापानी र न्वाल भन्ने स्थानमा १४ घर परिवार विस्थापित भएका छन् । यसैगरी छोरेडाँडाका पाँच घर परिवार पनि बिस्थापित भएका छन् ।

अविरल वर्षासँगै आएको पहिरोका कारण बाटाघाटा अवरुद्ध छन् । बाटो अवरुद्ध हुँदा आवत–जावत गर्न कठिनाइ भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »