सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गृह सचिवद्वारा नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं / २५ असार
नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा बढुवा भएका शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।उनलाई गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

गृहसचिव महेश्वर न्यौपानेले महानिरीक्षक थापाक्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । थापा क्षेत्रीलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले यही २३ गते प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

३० वर्ष सेवा अवधि पूरा गरी निवर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली बुधबारबाट सेवा निवृत्त भएपछि क्षत्री नयाँ आईजीपी बनेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »