सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गेरुवा गाउँपालिकामा बालसंरक्षण निति बारे एक दिने अभिमुखिकरण सम्पन्न

नेपालगञ्ज, बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा बाल संरक्षण निति बारे बालबालिकालाई जानकारी गराउन एक दिने भर्चुअल अभिमुखिकरण कार्यक्रमको आयोजना गरियो ।


क्लबले प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरेको बाल संरक्षण परियोजना अन्तर्गत सो अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।

No description available.


उहाँले गेरुवा गाउँपालिकामा रहेका युवा क्लब, बाल क्लब, बालबालिका, प्लान प्रायोजित परिवारका सदस्यहरु लगायतलाई बाल संरक्षण निति र बालबालिका र युवाहरुका लागि ग्लोबल रुपमा तयार भएको संरक्षण नितिका बारेमा बिस्तृत रुपमा भर्चुअल माध्यामबाट अभिमुखिकरण गरिएको बताउनुभयो ।

No description available.


सो अभिमुखिकरणमा बालबालिकामाथि हुने हिंसाहरु के के हुन, बालबालिकालाई के के गर्नु हुन्छ र के के गर्नु हुँदैन जस्ता विषयहरुमा जानकारी गराईएको अभिमुखिकरणका सहजकर्ता क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले बताउनुभयो ।


प्रतिनिधिमुलक रुपमा २२ जनाको सहभागिता रहेको सो भर्चुअल अभिमुखिकरणमा सहभागि बालबालिकाले आफुहरुले बालसंरक्षणका धेरै कुरा पहिलो पटक जान्ने अवसर पाएको जनाउँदै अरुलाई पनि जानकारी गराउने प्रतिवद्धता जनाएको विकले बताउनुभयो ।


बाँके युनेस्को क्लबले आफ्ना हरेकजसो कार्यक्रममा शुरुमा नै बाल संरक्षण नितिको बारेमा पहिलेदेखिनै सबै सरोकारवालालाई जानकारी गराउँदै आएको क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »