सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गोंगबुमा टुक्रा-टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला

काठमाडौं । राजधानीको गोंगबुमा विभत्स अवस्थामा शव फेला परेको छ ।

गोंगवु गणेशस्थानस्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार शव भेटिएपछि प्रहरी तालिम प्राप्त कुकुर समेत परिचान गरियो। कुकुरले शव सुँधेपछि करिव तीन सय मिटर पर पुगेको थियो। त्यहाँ पुगेर हेर्दा अर्को शंकास्पद झोला फेला पर्‍यो। झोलामा काँटिएको टाउँको र खुट्टा थियो। कुकुरले संकेत गरेको झोला हेर्दा टाउँको र खुट्टा भेटियो। जुन पहिले भेटिएको शवको टाउँको र खुट्टा हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा कसैले हत्या गरि फालिएको देखिएको छ। तर कसले? किन भन्ने खुल्न सकेको छैन। अन्दाजी ४० वर्षीय पुरुषको शव भएको खुलेको छ। कसैले हत्या गरेर फालेको देखिएको हो।’ यो हत्या नै हो । तर कसले किन भन्ने केही समयमा पत्ता लगाउँछौं।’ एसएसपी थापाले भने।

भर्खरै

सम्बन्धित खबर

Language »