सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गोकुल बास्कोटालाई तेमालबाट टोक बहादुर वाइवाको काउन्टर,

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) काभ्रे जिल्ला तेमाल गाउँपालिकाबाट पूर्व संचार मन्त्री गोकुला बास्कोटालाई नेता टोक बहादुर वाइवाले चुनौती दिएको छ ।

भदौ २६ गते शनिवार नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले तेमाल काठमाडौँ सम्पर्क मञ्च गठन गरेर चुनौती दिएको हो । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को केन्द्रीय सदस्य तथा संघीय सांसद मेटमणी चौधरीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पैतालीस सदस्य गठन गरेको छ । तेर्साङ तामाङको अध्यक्षतामा गठन गरिएको काभ्रे तेमाल संपर्क मञ्चमा उपाध्यक्ष बुद्ध लामा, सचिव प्रवीण घिसिङ, सहसचिव पेमाध्वज तामाङ दोङ रहेको छ ।

कार्यक्रममा संविधान सभा सदस्य कृष्ण प्रसाद सापकोटा, काभ्रे जिल्ला कमिटीको अध्यक्ष टोक बहादुर वाइवा, बागमती प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्साल, प्रदेश कमिटी सदस्य मुकुन्द गौतम, अनेरास्ववियुको केन्द्रीय अध्यक्ष सुदेश पराजुली, पार्टी नेता लाप्साङ लामा, अनेमा सङ्घको जिल्ला अध्यक्ष पासाङ डोल्मु लामा, तेमाल गाउँ कमिटीका अध्यक्ष प्रदीप लामा, युवा सङ्घका केन्द्रीय स्थायी कमिटी सदस्य समीप त्रिपाठी, पार्टी जिल्ला सदस्य शंकर त्रिपाठी, सिजन लामा, युवा सङ्घका नेता शेर बहादुर तामाङ लगायतका नेताहरु रहेको उपस्थिति रहेका थिए ।

कार्यक्रमलाई संवोधन गर्दै जिल्ला कमिटी अध्यक्ष टोक बहादुर वाइवाले तेमालबाट नेपाल कम्युष्टि पाटी (एकिकृत समाजवादी) भ्रष्ट्राचारीहरुको शासन सत्तालाई परास्त गरी समृद्ध नेपालको स्थापना गर्नलाई स्थानीय तहबाट नै उठिसकेको बताउनु भयो । उहाँले पूर्व मन्त्री गोकुल बास्कोटालाई सकेत गर्दै भन्नु भयो । “काभ्रेमा हामीलाई सामान्य रुपमा नलिदा हुन्छ । आउँदो चुनावमा हामी पहिलो पाटी भएर स्थापित हुने छौ । भ्रष्ट्राचार गरेर कार्यकर्ता पाल्छु भन्नेहरुले अहिले नै विकल्प खोजे हुन्छ । तेमाल काठमाडौँ सम्पर्क मञ्चको गठन भएको छ । तेमालमा समाजवादीहरु एकजुट भएर उठेका छन् । अराजक्ता, गुण्डागर्दीहरुको दिन गयो । तेमाल नै पहिलो काउन्टर हो । भ्रष्ट्राचारीहरुलाई तह लगाउन, सधै शासक भएर शासन गर्छु भनेर सिंह जस्तै गर्जनेहरुलाई तह लगाउन तेमालका युवाहरु जागि सकेका छन् । उठिसकेका छन् ।”

यसैगरी संविधान सभा सदस्य कृष्ण प्रसाद सापकोटाले नाम र चिन्हले प्रगतीशिल अग्रगामीहरुलाई केही फरक नहुने बताउनु भयो भने नेता मुकुन्द गौतमले काभ्रेमा समाजवादीहरुको शानदार जित हुने बताउनु भएको छ ।

बागमती प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद लक्ष्मण लम्सालले गोकुल बास्कोटाको चुरिफुरि चाँडै सक्ने दाबी गर्नु भयो ।

पाटी अध्यक्ष केपी ओलिको दम्भ कै कारणले सुन्दर घर भत्केको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले बताई दिने क्रममा बताउनु भएको थियो

तेमाल काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षता गरेका युवा नेता प्रदिप कुमार तामाङले तेमालको युवाहरु एक ठाउँमा भएको सन्देश दिनका लागि र समाजवादीहरु कमजोर छैन भन्ने यो भेलाबाट स्पष्ट भएको बताउनु भयो । उहाँले भन्नु भयो । “हामीले तेमालबाट साँच्चिकै विद्रोह गरेका छौ । हामीसँग तेमालका जनता साथमा छन् । त्यसकारण अबको समृद्ध तेमाल समाजवादीहरुको काँधमा आएको छ । तेमालबाट स्पष्टताका साथ परिवर्तनको आवाज गुञ्जिएका छन् । यो भेलामा उपस्थित युवाहरुको शक्तिलाई कसैले कमजोर नठाने हुन्छ ।”

भर्खरै

सम्बन्धित खबर

Language »