सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गोक्यो तालमा हक्की र आइस स्केटिङ खेल (नयाँ खेलकाे प्रयाेग)

काठमाडाैँ , नेपाल भ्रमण वर्ष २०२० सचिवालयको महत्वकांक्षी प्रोजेक्ट हो, स्केट नेपाल । ४७९० मिटर उचाईमा रहेको गोक्यो लेकमा शुक्रबार अमेरिका, क्यानडा, रसिया र भारतका खेलाडीहरुले आइस स्केटिङ र आइस हक्की प्रतिष्पर्धा गरे । मैत्रीपूर्ण खेल हेर्न राजधानीबाट विभिन्न देशमा राजदूत, एयरलाइन्स, ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का पदाधिकारी लगायत स्थानियबासीको बाक्लो उपस्थिती रहेको थियो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य, यस कार्यक्रमका संयोजक विश्वम्बर घिमिरे लगायतको सहभागीतामा आयोजित प्रतिष्पर्धामा विदेशी खेलाडीले समेत नयाँ अनुभव बटुलेका थिए । यतिका उचाइमा उनीहरुको अनुभव पनि यो पहिलो हो । त्यसैगरी काठमाडौं क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठ, मिस नेपाल श्रृंखला खतिवडा, भ्लगर शिशम बानिया, खेल स्थल रहेको सोलुखुम्बुको खुम्बुखासाङलामु गाउँपालिका वडा नंं. ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।

विश्वमभर घिमिरेकाे फेसबुक वालबाट लिएकाे

नेपाल भ्रमण वर्ष २०२० ले पर्यटकका लागि नयाँ उत्पादन उपलब्ध गराउने र नयाँ पर्यटकीय गन्तब्य स्थापित गर्ने उद्देश्यले उच्च हिमाली भेगमा नयाँ खेल पर्यटनको विकास गर्ने लक्ष्य अनुसार सगरमाथा क्षेत्रको गोक्यो ताल (तेश्रो) मा फ्रेबुअरी १४ का दिन मैन्त्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रममा नेपालस्थित फ्रान्सेली राजदूत फंस्वा जाभिए लेजे, फिनल्याण्डका राजदूत पेर्ति आन्तिनेन् वल्र्ड बैंकका कन्ट्री डाइरेक्टर फेरिस हदाद जर्वोस, टर्कीस एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्हा टुनकरको समेत सहभागिता थियो । त्यसैगरी नेपाल एयरलाईन्स, हेलि एभरेष्ट, समिट एयरलाइन्स, होटेल हाइकर्स इनका पदाधिकारीको पनि उपस्थिती थियो ।

हिमाली क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटकहरुलाई भित्र्याउनका लागि यो खेल महत्वपूर्ण हुने नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले जानकारी दिए ।

विश्वभरी खुला तालमा हुने यस्ता प्रतियोगिताहरु प्रसिद्ध भइरहेका बेला नेपालको हिमाली क्षेत्रमा रहेको ठूलो संभावनालाई नेपाल भ्रमण वर्षले एउटा नयाँ उत्पादनका रुपमा अन्तर्राष्टिय क्षेत्रमा परिचित गराउने लक्ष्य अनुसार यो खेल आयोजना गरेको हो । यो प्रतियोगिता संसारकै अग्लो स्थानमा आयोजना हुने पहिलो आइस हक्की र आइस स्केटिङ प्रतियोगिता पनि हो ।

रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ । यस ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकको मूख्य रोजाइको क्षेत्र पनि हो । सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ । यो खेल हुनुपूर्व अमेरिकी विशेषज्ञहरुले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका उपयुक्त भएको निश्कर्ष निकालिएको हो । गोक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन् । सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको थियो ।

विश्वमभर घिमिरेकाे फेसबुक वालबाट लिएकाे

गोक्यो क्षेत्रमा हुन लागेको आइस स्केटिङ र आइस हक्की प्रतियोगितामा ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को समेत सहयोग रहेको छ । नेपालीले समेत नियमित अभ्यास गर्न सकुन भनेर अमेरिकास्थित ग्राफ स्केट्ले ३१ वटा स्केट् सुज समेत सहयोग गरेको छ । त्यस्तै अमेरिकाकै स्क्रिन प्रिन्टिङ एन्ड कस्टम अप्पेरियलले हक्कीको लागि जर्सी र पक सहयोग उपलब्ध गराएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »