सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गोरखाको सौरपानीमा जिप दुर्घटना: ११घाइते, चारको अवस्था गम्भीर

गोरखाको बारपाक सुलिकोट गाउँ पालिका-४ छहरेखाउँ स्थित सिम्बमा आज बिहान जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखाको सदरमुकाम तर्फ यात्रु बोकेर आइरहेको बा१५च१०१६ नं को जिप उकालोमा पछाडि सरेर झन्डै ५० मिटर सडकबाट खसेको थियो ।

दुर्घटनामा बारपाक सुलिकोट गाउँ पालिका-४ का १९ वर्षिय बिमला गुरुङ, ६०वर्षिय बुद्ध बहादुर गुरुङ, २० वर्षिय रमा गुरुङ, ३३ वर्षिय श्रीमान गुरुङ, टेकमाया गुरुङको ६ वर्षिय छोरी सुनिता गुरुङ , ७३ वर्षिय सुकमाया गुरुङ छन् ।

त्यस्तै सौरपानीका ५२ वर्षिय राजकुमारी गुरुङ र चालक ४० वर्षीय आनन्द कुमार गुरुङ रहेको गोरखाका प्रमुख सुकबहादुर वि.क. ले बताएका छन् । घाइते मध्ये बिमला गुरुङ, रमा गुरुङ, क्षेत्रकुमारी र सुकमाया गुरुङको अवस्था गम्भीर रहेको छ ।सबै घाइतेहरुको हेलिकप्टर द्वारा उद्धारको प्रयास भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »