सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गौरीफन्टा नाकाबाट नेपाल फर्किनेको भिड,एक सातामै ८ हजार २ सय भित्रिए

धनगढी। सुदूरपश्चिममा आइतबार करिब चार हजार नागरिकको उद्धार गरिएको छ। कैलालीको गौरीफन्टा नाकाबाट मात्रै आइतबार करिब चार हजार नागरिकको उद्दार गरिएको छ। सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका अनुसार आइतबार तीन हजार ९ सय ८८ जनाको उद्दार गरिएको हो।

भारतका विभिन्‍न सहरबाट कैलालीको गौरीफन्टा नाका हुँदै आउने क्रम रोकिएको छैन । आइतबार मात्रै २ हजार ७ सयभन्दा बढी नेपाली नाकामा आइपुगेका छन् ।यो संख्या लकडाउनपछि एकै पटक, एकै नाकाबाट भित्र्याइएको सबैभन्दा बढी हो। अझै नेपाली आउनेक्रम जारी छ। भारतको पलियामादेखि दुई तीन सय चढेका गाडी हिँडिसकेको खबर आएको सीमा नाकामा तैनाथ सुरक्षाकर्मीले बताएका छन्।

शनिबार मात्रै २५ सय ७९ जना नेपाली नागरिक भित्रिएका थिए। आइतबार पनि सीमा नाकाको अवस्था अस्तब्यस्त रह्यो। दुई देशका स्थानीय प्रशासनका अधिकारीबीच भएको सहमति अनुसार आइतबार पनि दिउँसो १२ बजेदेखि नाका खुला गरिएको हो।

सीमानाकामा आएका र स्थानीय तहका जनप्रतिनिधिसँग पहुँच भएका फटाफट गाडी गरेर गन्तव्यतिर लागि रहेका छन् भने सामान्य नागरिक नेपाल छिरेपनि आफ्नो पालिका जान भौंतारिने गरेका छन्।

प्रशासनको तथ्यांक अनुसार बुधबारदेखि शनिबारसम्ममा ८ हजार २ सय ७९ जना सम्बन्धित स्थानीय तहमा पठाइ सकिएको छ । जेठ २ र ३ गते ९ सय ५० जना आएकोमा बुधबार २ हजार ४ सय ९८ , बिहीबार २ हजार १४ र शनिबार १ हजार ८ सय ९९ जनालाई पठाइएको छ ।

जसमध्ये जेठ २ र ३ गते आएकाहरु र ८ गते भित्रिइएका ७ सय ७५ जनाको मात्रै नाकामा आरडीटी परीक्षण गरिएको छ । बाँकीको समान्य स्वास्थ्य जाँच गरेर पठाइएको छ । शनिबार त समान्य जाँच समेत नगरी बसमा चढेर उनीहरु घर फर्कन लागेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »