सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गौरीफन्टा र गड्डाचौकी नाकाबाट नेपालीको उद्दारमा खटिएका बस व्यवसायीको कोरोनाबाट मृत्यु

धनगढी। सेती प्रादेशिक अस्पतालमा बुधबार कैलाली गोदावरी नगरपालिका ७ का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली गोदावरी ७ का ४६ वर्षीय बस व्यवसायीको कोरोना संक्रमणबाट बुधबार साँझ ७ बजेर ५२ मिनटमा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

शनिबार राति १२ बजे मृतक बिरामीलाई नवनजीवन अस्पतालको आईसीयु कक्षबाट कोरोना पुष्टि भएपछि सेती अस्तालमा भर्ना गरिएको थियो । उनको आईसीयु कक्षमै राखेर उपचार गरिएको थियो ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले मंगलबारदेखि कडा निमोनियाले श्वासप्रश्वासमा जटिलता पैदा भइसकेको र चिकित्सकले बचाउने प्रयास गर्दागर्दै पनि बचाउन नसकिएको जानकारी दिए।

कैलालीको गौरीफन्टा र गड्डाचौकी सीमानाकामा पुगेका नेपालीलाई बसमा राखेर विभिन्न स्थानमा पुगाउने क्रममा उनी कोरोना संक्रमित भएको बताइएको छ ।

यसअघि नेपालमा कोरोना भाइरस संक्रमणबाट २० जनाको मृत्यु भइसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »