सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गौ संरक्षणका लागि गौशाला व्यवस्थापन गर्छौं : स्वतन्त्र उम्मेदवार खनाल


नेपालगञ्ज , बाँके क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र बाँके कै क्षेत्र नं. २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार राजकुमार रौनियारले निर्वाचनमा बहुमत प्राप्त गरेर विजयी भएलगत्तै गौ संरक्षण एवं छाडा चौपाया व्यवस्थापन गर्ने बताएका छन् ।
स्वतन्त्र उम्मेदवार खनालले डुडुवा गाँउपालिका स्थित कम्दी नजिकै रहेको खजुरा माता मन्दिर क्षेत्र वरिपरीको जंगललाई सदुपयोग गरेर त्यहाँ गौशाला निर्माण गर्ने बताएका छन् ।


खनालले विस्तृतमा भने, ‘गौ संरक्षणको लागि स्थानियहरु संग सहकार्य गरी कम्दी स्थित खजुरा माता मन्दिर क्षेत्र वरिपरीको ५ कि.मि. जंगलमा तारबार गरेर गौशाला व्यवस्थापन गर्ने मेरो प्रतिबद्धता हो ।’ जंगल नजिकै खोला पनि छ जसका कारण पानी र घाँसमा कुनै कमि नहुने बताएका छन् ।
नेपालगञ्ज शहर भित्र अत्याधिक मात्रामा रहेका छाडा चौपायाका कारण दैनिक जसो दुर्घटना हुने गरेका छन् । बिभिन्न सडक खण्डमा छाडा चौपायाहरु बाटो काट्ने क्रममा मोटरगाडी संग ठोक्किएर घाइते हुन्छन् । प्रायः जाडोको महिनामा तुवालो लागेको बेलामा सवारी साधनमा छाडा चौपाया ठोक्किएर जनावरका साथै मानविय क्षति हुने गरेको छ ।


जाडो महिनामा बजार तथा राजमार्गमा राति छाडा चौपाया बसेका कारण ठाँउ ठाँउमा दुर्घटनाबाट घाइते र ज्यान गएको बिभिन्न समाचार आइरहेको हुन्छ । गौ संरक्षणका लागि गौशाला व्यवस्थापन गर्ने सम्बन्धमा स्वतन्त्र उम्मेदवार रौनियारले भने, ‘प्रत्येक हिन्दूका लागि गाई माताको रुप हुन र आफ्नो आमाको संरक्षण गर्न सक्नुपर्छ । अझै त हामीले हिन्दूत्वकै नारा बोकेका छौं ।’
नेपालगञ्ज उपमहानगरपालिकाले विगतमा छाडा व्यवस्थापन गर्न खोजेको भएपनि दीर्घकालीन योजना नभएको तथा अपुग व्यवस्थापन कै कारण बिभिन्न कालखण्डमा विवादमा आउने गरेको छ ।
दुवै उम्मेदवारले हिन्दूत्वको एजेण्डा उठाएकै कारण गाँउ शहरबाट उनलाई भारी मात्रामा हिन्दूवादीले साथ र सहयोग गर्ने वचन दिँदै आएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »