सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्याल्पाे ल्हाेछारकाे अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

काठमाडाैँ । ग्याल्पाे ल्हाेछारकाे अवसरमा आयाेजना गरेका खुल्ला रक्तदान कार्यक्रम बाैद्धमा सम्पन्न भएकाे छ ।

नेपाल शेर्पा संघ बाग्मती प्रदेशकाे आयाेजनामा भएकाे उक्त कार्यक्रममा १०१ जनाले रक्तदान गरेकाे संघका अध्यक्ष आङछिरि शेर्पाले बताउनु भएकाे छ ।

खुल्ला रक्तदान गरेकाेलाई प्रमाण पत्र वितरण प्रदान गर्दै पत्रकार मिलन लामा

शेर्पा समुदायले मनाउने ग्याल्पाे ल्हाेछार फागुन देखि शुरू हुन्छ । त्यही अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयाेजना गरेकाे थियाे । नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्तसञ्चार सेवा बाल कुमारी, ललितपुरकाे सहकार्यक्रमा ”रगत दान जीवन दान” भन्ने मुल नाराका साथ बाैद्ध स्तुपा परिसरमा शनिवार सम्पन्न भएकाे हाे ।

रक्तदानकाे बारेमा जानकारी दिदै अध्यक्ष आङछिरि शेर्पा

नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष ग्याल्जे लामा शेर्पाबाट शुरू गरेकाे उक्त रक्तदान कार्यक्रममा अन्तिम १०१ मा बाग्मती प्रदेशका अध्यक्ष आङछिरि शेर्पाले रगत दान दिएकाे थियाे । कार्यक्रममा रक्तदान गरेका सबैलाई प्रमाण पत्र वितरण गरेकाे छ ।

यसैगरी आज नै लायन्स क्लब अफ काठमाडौ प्रयास नगरको आयोजनामा बसन्तपुरमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा १४७ पाउण्ड रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौँ प्रयास नगरका अध्यक्ष नाजिर हुसैनले रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।

वसन्तपुरमा अायाेजना गरेका रक्तदान कार्यक्रममा रक्तदान गर्दै
बसन्तपुरमा भएकाे रक्तदान कार्यक्रम

भर्खरै

सम्बन्धित खबर

Language »