सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यबसायी महासंघ को आयोजना मा अन्तर्कृया कार्यक्रम सम्पन्न

काठ्माण्डौ

बजार मा फलाम जन्य उत्पादन को बजार मुल्य अस्वभाविक रुपमा बृद्धी भई आफुहरुलाई काम गरी खान समेत अप्ठ्यारो परेको भन्दै ग्रील तथा स्टील ब्यबसायी महासंघ केन्द्रीय कार्यलयले एक आन्तर्कृया कार्यक्रम आयोजना गरेको थियो ।

होटल क्राउन प्लाजा नक्साल मा भएको कार्यक्रममा महासंघ अन्तर्गत का काठ्माण्डौ ,भक्तपुर ,र ललितपुर जिल्ला का जिल्ला अध्यक्ष हरु ,क्षेत्रीय समिती का अध्यक्ष हरु ,इकाई समितिका अध्यक्ष तथा प्रतिनिधि हरु र महासंघ का पदाधिकारी हरु  को उपस्थिती रहेको थियो ।

कार्यक्रममा फलाम जन्य उत्पादन को मुल्य बृद्धी को सबै बक्ताले खुलेर बिरोध गरेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ को कारण बन्द भइ मारमा परेका  उद्योग हरु  बिस्तारै सन्चालनमा आउन नपाउदै ग्रील जन्य फलाम र निर्माण सामाग्रीको अनियंत्रित रुपमा भएको उच्च मूल्य वृद्धिका कारण सम्पुर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको बताए।

अन्तर्राष्ट्रिय स्तरमा कच्चापदार्थ ब्लेडको मुल्य बढेको अनुपात भन्दा दोब्बर मूल्य वृद्धि नेपालका सिमित उद्योगिले आपसी मिलेमतोमा बढाउदा ग्रील उद्योगी मात्र नभै कोरोनाको संक्रमणका कारण प्रभाबित आमउपभोक्ता समेत मारमा परेको बताउदै देशभरी सन्चालित ११ हजार भन्दा बढी उद्योगबन्द भएमा उद्योगमा कार्यरत १ लाख ६० हजार श्रमिक र तिनमा आश्रति १५ लाख ब्यक्तिको रोजिरोटी खिसिने भएको हुदा तत्कालले सरकारले मुल्य वृद्धिबारे प्रभाबकारी अनुगमन गरि उचित निकास दिन सरकारको ध्यानाकर्षण गराउने बताए। 

अनियंत्रित किसिमले दिनहु जस्तो  रुपमा मूल्य वृद्धि हुदा समेत सरकार मौन बस्दा मिलेमतोमा कृतिम मुल्यवृद्धि गरेको आशंका गर्दै समयमा अनियंत्रित मूल्य वृद्धि नरोके सम्झौता गरेर सुरु गरिएका आयोजना र कामहरुको लागत बढ्ने समयमा काम सम्पन्न नहुने एवम ब्यवसायी र उपभोक्ता बिच असमजदारी बढी सम्बन्ध बिग्रने भएकोले सोको निराकरणको मार्गप्रसस्त गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।

 यसको बारेमा आफुले गहिरो अध्यायन गरिरहेको र नेपाल कै उद्योग बाट यसो भएको हो  भने एक जिम्मेवार संगठन को हैसियत ले महासंघ को तर्फ बाट उद्योग पती हरु संग छलफल गर्ने,अन्तर्कृया गर्ने काम मा आफु आजै बाट लाग्ने बिचार ब्यक्त गरेका थिए । महासंघ को तर्फ बाट एक कमिटी नै बनाएर उध्योग, बजार हरु  को अनुगमन गर्न अन्तर्गत का जिल्ला ,क्षेत्र  इकाइ तथा आम उपभोक्ता संग सहकार्य गर्दै अगाडी बढ्ने पनि उनले बताएका छन् ।

कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले  कोरोनाले थलिएर भर्खर उठ्न लागेको बजारलाई यो मुल्य बृद्धी ले थचक्कै उठ्नै नसक्ने गरी बसाई दिएको अभिब्यक्ती दिएका थिए ।

कार्यक्रममा काठमाडौ जिल्ला अध्यक्ष यज्ञदास श्रेष्ठले केही सिमित उद्योगिले कार्टेलिङ गरेर मनपरी मूल्य बढाएको र सामान हरु पनि कृतिम अभाब श्रजना गरेको हुदा महासघले यथासक्य चाडो निकास निकाल्न आग्रह गरे भने ललितपुर जिल्लाका महासचिब शिव सुनुवारले फलामको मूल्य वृद्धिले बजारमा काम भएको पहिले नै सम्झौता गरिसकेको काममा प्रती किलो ३० रुपैयासम्म मूल्य वृद्धि हुदा ब्यवसायी पलायन हुने अवस्था सृजना भएको हुदा सरकारले सत्य तथ्य बाहिर ल्याएर मूल्य समायोजन गर्ने ब्यवस्था गर्नु पर्ने बताए। भक्तपुर महासचिब महानन्द तिम्सिनाले कोरोनाले थलापरेको ग्रील ब्यवसाय अहिलेको मूल्य वृद्धिले उद्योग बन्दगर्न बनाउने अवस्था भएको बताए।

 अन्तरक्रिया कार्यक्रममा महासघका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ क्षेत्रीय अध्यक्ष इकाइका अध्यक्षहरुले फलामको मूल्य वृद्धिका कारण  ब्यवसायी सन्कट्मा परेको र निकासको लागि महासघले प्रभाकारी भुमिका निर्वाह गर्नु पर्ने कुरामा जोड्दिएका थिए।

कार्यक्रम मा महासंघका उपाध्यक्ष ईस्वर खड्का ,काठ्माण्डौ पुर्व क्षेत्रीय समिती अध्यक्ष रोहित श्रेष्ठ ,काठ्माण्डौ पश्चिम क्षेत्र का अध्यक्ष शैलेश ठकुरी , चमती खुशीबु इकाइ का अध्यक्ष तोकेन्द्र गहतराज लगायत ले आफ्नो धारणा राखेका थिए ।

केहि दिन अघी महासंघ का प्रथम उपाध्यक्ष ठुलो बाबु श्रेष्ठ  को आमाको देहान्त भएको अवस्था मा समबेदना प्रकट गर्न निवास सम्म पुग्न असमर्थ भएको भन्दै महासंघ का अध्यक्ष मोहन कटुवाल ले महासंघ को तर्फ बाट प्रथम उपाध्यक्ष लाई समबेदना पत्र पनि हस्तान्तरण गरेका थिए ।

नेपालमा  ग्रील ब्यवसायले मात्र बार्सिक ५० अर्ब भन्दा बढिको ग्रील जन्य सामान हरु बनाएर सेवा प्रदान गर्दै आइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »