सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील ब्यबसायी संघ द्वारा पत्रकार हरुलाई सम्मान सहितको सहयोग प्रदान

काठमाडौं। कोरोना भाईरस कोभिड -१९ को कारण नेपालले लामो समयदेखि बन्दा बन्दि को असर भोगी रहेको छ । यो अबस्थालाई मध्य नजर गर्दै आज ग्रील तथा स्टील ब्यबसायी महासंघ ,ग्रील तथा  स्टील ब्यबसायी संघ काठमाडौं ,ग्रील तथा  स्टील ब्यबसायी संघ काठमाडौं पश्चिम क्षेत्र र सो अन्तरगतको खुसिबुँ,चमती,ढल्कु ,बालाजु ईकाई समिति को संयुक्त आयोजनामा  बिभिन्न मिडीयामा कार्यरत १५ जना पत्रकार हरुलाइ सम्मान सहित सहयोग गरीएको थियो ।

स्वास्थ्य मापदण्डलाई ध्यान दिदै पत्रकार हरुको बिचमा अन्तरकृया र परीचयात्मक कार्यक्रम पनि गरीएको थियो । ग्रील तथा स्टील ब्यबसायी महासंघ का प्रथम उपाध्यक्ष ठुलो बाबु श्रेष्ठ ,उपाध्यक्ष केदार अधिकारी , काठमाण्डौ जिल्ला सदस्य राम पुकार ठाकुर ,काठमाण्डौ पश्चिम क्षेत्र का अध्यक्ष शैलेश ठकुरी , खुसिबुँ,चमती,ढल्कु ,बालाजु ईकाई समिति का अध्यक्ष तोक बहादुर गधराज(तोकेन्द्र) इकाई उपाध्यक्ष बाबुराजा महर्जन ,ईकाई सदस्य तार्जन चौधरी , को सकृय सहभागीतामा उपस्थित पत्रकारहरुलाई सम्मान सहित सहयोग गरीएको थियो ।

यसरी राज्य को चौथो अंग मानिएका पत्रकार हरुलाई आफुहरुले सानो सहयोग गर्न  पाउँदा आफुलाई गर्व महसुस भएको महासंघका प्रथम उपाध्यक्ष ठुलो बाबु श्रेष्ठ ले पत्रकार हरु संगको परीचयात्मक कार्यक्रमको क्रम मा बताउनु भएको छ ।

यो पिडादायी अवस्थाको मर्म  बुझेर सहयोग उपलब्ध गाराउनु भएकोमा कार्यक्रमको संयोजन गर्नु हुने युगान्तर खबरका प्रकाशक तथा संपादक बसन्त परीयार र महासंघको संपुर्ण टीमलाई उपस्थित  संचारकर्मी हरुले हार्दिक आभार ब्यक्त  गरेका थिए ।

अरु धेरै जनाको पिडाका कुरा लेख्दै गर्दा, बोल्दै गर्दा  आफ्नो पिडा भन्न नसक्ने यो पेशामा आत्मशन्तुष्टी बाहेक केहि कमाउन नसक्ने रेडीयो नेपालमा कार्यरत एक संचारकर्मीले बताईन्।

यो सहयोग को थालनि मात्र भएको र कालन्तरमा यस्ता सहयोग लाई अझ ब्यापक बनाउदै लैजाने प्रथम उपाध्यक्ष श्रेष्ठ ले बताउनु भएको छ । १ महिना अगाडी एक भिडियो सन्देश मार्फत कोहि पनि ग्रील ब्यबसायी वा मजदुर भोकै बस्नु नपरोस् भनेर आफुले आफ्नो नंबर सहित पोस्ट गर्दापनि आज सम्म कसैले पनि फोन नगरेको र यसमा आफुलाई एकदम खुसि लागेको प्रथम उपाध्यक्ष श्रेष्ठ ले बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »