सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

घट्यो बोइलर कुखुराको मासुको मुल्य

मंसूर अली इद्रिशी
नेपालगञ्ज, ब्रोइलर कुखुराको मासुको मूल्य घट्न थालेको छ । बजारमा उत्पादन बढेपछि मूल्य घट्न लागेको कुखुरा बिक्री व्यवसायी संघ बाँकेले जानकारी दिएको छ ।

संघका अनुसार हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ । यसअघि, कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँदेखि ३८० रुपैयाँसम्म थियो । संघले उत्पादन बढेपछि मूल्य घट्न थालेको बताएको छ । मूल्य घट्न थालेपछि किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ पाउन थालेका छन् ।


यस्तै, हाल कुखुराको मासुको होलसेल मूल्य २८० रुपैयाँमा आइपुगेको संघ बाँकेले जानकारी दियो । यसअघि, कोभिड–१९ महामारीका कारण उत्पादन घट्दा मूल्य आकासिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »