सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

घरघरमै नमाज पाठ गरि पर्व ईद उल फित्र मनाइँदै,राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौँ । आज मुस्लिम धर्मावलम्बीहरूकाे मुख्य पर्वमध्येकाे एक इल उल फित्र, नेपालमा पनि मुस्लिम समुदायले विशेष नमाज पाठ गरी याे पर्व मनाउँदै छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रकाे अवसरमा शुभकामना दिनुभएकाे छ । उहाँले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई यस पर्वले थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ ।

इस्लाम धर्मावलम्बीले मनाउँदै आएको महान् पर्वका अवसरमा उहाँले आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको पनि सन्देशमा उल्लेख गर्नुभएको छ । सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै रहेर सुरक्षित बनेर पर्व मनाउने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन्।

एक महिने रमजान (राेजा व्रत) समापन भएको खुसीयालीमा याे पर्व मनाउने गरिन्छ । इदको अर्थ खुशी मनाउनु पनि हाे । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्छन् ।

तर यस वर्ष भने विश्वव्यापी काेराेना भाइरस महामारीका बीच याे पर्व घरभित्रै सीमित भएकाे छ । सार्वजनिक स्थान (मस्जिद) मा भेला भएर प्रार्थना गर्न निषेध गरिएपछि मुस्लिम समुदायहरू घरभित्रै नमाज पाठ र प्रार्थना गरी मनाउँदै छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »