सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

घरदैलोमा मोहम्मद इश्तियाक राईको बाचा : विकास लिएर फेरि आउनेछौं


नेपालगन्ज, बाँके क्षेत्र नं २ मा पहिलो चरणको चुनावी घरदैलो अभियान लगभग अन्तिम चरणमा पुर्यातएको जनता समाजवादी पार्टीले दोस्रो चरणको अभियान तयारी थालेको छ ।
केहीदिन अघि क्षेत्र नं २ भित्र पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका २७ वटै वडाहरूबाट एकैसाथ सुरु भएको चुनावी घरदैलो अभियानलाई जसपाले निकै आक्रामक बनाएको थियो ।


घरदैलोका क्रममा आम मतदाताले जसपाप्रति निकै उत्साहित देखिएको प्रचार प्रचारमा खटिएका नेताहरूले बताएका छन्।
बुधबार पनि घरदैलो तथा कार्यकर्ता भेला र भेटघाट तीव्र भएको थियो । पार्टीको एउटा भेलामा बोल्दै जनता समाजवादी पार्टीका नेता तथा क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले जसपाका उम्मेदवारहरूलाई विजयी बनाउनका लागि मतदाताहरू निकै उत्साहित र आतुर देखिएको बताए ।


‘मतदाताको यो उत्साहले हामीलाई पनि उर्जा प्राप्त भएको छ’ उनले भने ‘तपाईंहरूको यो उत्साह हाम्रा लागि खबरदारी पनि हामीले तपाईंहरूसँग गरेका बाचाहरू भुल्नेछैनौं र फेरि पनि विकासका योजनाहरू लिएर घरदैलोमा आउनेछौं।’उनले अहिलेको समयमा मतदाताहरू कसैको झुट र कसैले फैलाएको भ्रमको पछि नलाग्ने भन्दै चुनावका बेला विवेकपूर्ण मतदाता हुनेमा आफू ढुक्क भएको पनि बताए ।


‘हामी ढुक्क छौं, अब हाम्रो परीक्षाको अन्तिम दिन पनि नजिकिइरहेको छ’ उनले भने ‘आजका मतदातालाई झुक्याउने प्रयास कसैले पनि नगरेहुन्छ। सबैजना सचेत हुनुहुन्छ। यहाँ कामको मूल्याङ्कन हुन्छ। हल्ला, आश्वासन र भ्रम अनि झुटको केही लाग्नेवाला छैन। घरदैलो अभियानका क्रममा विभिन्न पार्टीहरू परित्याग गरेर २०० भन्दा धेरै जसपामा प्रवेश गरेका थिए ।

उनीहरूलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार राई तथा प्रदेशसभा सदस्यका उम्मेदवार आदेश अग्रवाललगायतका नेताहरूले स्वागत र सम्मान गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »