सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

घरभाडा छुटका लागि नेपालगन्ज उद्योग वाणिज्य संघको सार्वजनिक अपील जारी


नेपालगन्ज, नेपालगन्ज उद्योग वाणिज्य संघले घरभाडा छुटका लागि घरधनीका हकमा सार्वजनिक अपील गरेको छ ।

संघका तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले बुधवार बिज्ञप्ती जारी गरी कोरोनाका कारण थलिएको उद्योग, व्यवसाय क्षेत्रलाई उठाउन घरधाडाको स्वघोषणा गर्न माग गरेका हुन । सार्वजनिक अपीलसंगै घरभाडा छुटका लागि संघले आन्तरिकरुपमा घरधनीसंग छलफल समेत चलाएको छ ।
संघले प्रेषित बिज्ञप्तीमा विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सम्पूर्ण क्षेत्र अस्त व्यस्त बनेको उल्लेख छ ।

‘यद्यपी उद्योग, व्यवसाय क्षेत्र सबै भन्दा बढि प्रभावित त भएको छ नै फेरी उठ्न नसक्ने गरी थलिएको अवस्थामा पुगेको छ ।’ संघले भनेको छ,‘ एकातर्पm लामो समय देखिको लकडाउनका कारण पसल, व्यवसायमा ताला झुन्डीयको अवस्था रह्यो भने अर्को तर्फ बैंकको ब्याज, घरभाडा र सरकारलाई बुझाउनु पर्ने करको ताकेता निरन्तर आई रहँदा उद्योगी, व्यवसायीहरु घर न घाटको हुने अवस्था आइरहेको छ ।’
सरकारले भाडा छुटका लागि घरधनीलाई अपिल गरेता पनि कार्यान्वयनको अवस्था भने सन्तोष जनक छैन ।

तथापी संघका तर्फबाट विभिन्न निकायमा बैंक ब्याज, घर बहाल कर लगायत सहुलियत तथा छुटका लागि विभिन्न पहलहरु गरि रहेको र आगामी दिनमा पनि गर्दै जाने संघका अध्यक्ष मन्सुरीले बताए ।

यस जटिल परिस्थितीमा स्वस्पूर्mत रुपमा घरभाडा छुट गरी सहयोग गर्नु हुने सम्पूर्ण घरधनी महानुभाव संघले आभार प्रकट गर्दै अन्य घरधनी ज्यूहरुलाई पनि घरभाडा छुटका लागि अपील गरेको हो ।
‘कोरोना महामारी मानव जीवनको सबै भन्दा ठुलो त्रासदी बनेर आएको छ । यस क्रममा सबै पक्षले आ–आफ्नो तर्फबाट एक अर्का प्रति सहयोग र सहकार्यको भावना प्रकट गर्नु पर्ने देखिन्छ ।’– संघले भनेको छ ।

निजी क्षेत्रले आफ्ना विभिन्न समस्याका बाबजुद कोरोना नियन्त्रणमा आर्थिक, भौतिक लगायत सक्दो सहयोग गरिरहेको बताउँदै संघले बाँकेका सम्पूर्ण घरधनीलाई कोरोना विरुद्धको अभियानमा मानवीय मुल्य मान्यताको भावनालाई केन्द्रमा राखी हालको जटिल समयमा व्यवसायीहरुलाई परेको मर्कालाई मध्य नजर गर्दै सो स्वस्र्फूत घरभाडा छुटका लागि अग्रसर भई दिन आग्रह गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »