सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

घरायसी विवादमा बुवाद्धारा छोराको हत्या

पर्सा । घरायसी विवादका कारण पर्सामा एक ब्यक्तिले आफ्नै छोराको हत्या गरेका छन् ।

पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीसियाका स्थानिय ७० बर्षिय लक्ष्मी साह रौनियारले छुरा प्रहार गरि ३५ बर्षिय छोरा माधो साह रौनियारको हत्या गरेको प्रहरीले जनाएको छ ।

बुवा र छोराबीच विवादपछि बुवाले छुरा प्रहार गर्दा छोराको ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले जानकारी दिए ।

छुरा प्रहारबाट गम्भिर घाइते भएका माधोलाई उपचारको लागि वीरगन्ज ल्याउने क्रममा उनको मृत्यु भएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »