सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

घरेलु विषाक्त मदिरा सेवनले निम्त्यायो काल , १५ को मृत्यु, पुरै गाउँ शोकमा

घरेलु वि’षाक्त म’दिरा सेवनका कारण एक दर्जनभन्दा बढीको मृ’त्यु भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा वि’षाक्त म’दिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै धनुषामा वि’षाक्त म’दिरा सेवनबाट मृ’त्यु हुनेको सङ्ख्या १५ पुगेको छ । आज मृ’त्युु हुनेमा मुसहरी टोलका बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा रहेका छन् । होलीका अवसरमा र’क्सी खाएका बनारसीदेवीको शुक्रबार साँझ र मिथिला र झगरुको आज मृ’त्यु भएको हो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा शुक्रबारसम्म १२ जनाको मृ’त्यु भइसकेको थियो ।सबैको शुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर मृ’त्यु हुने गरेको स्थानीयवासीले बताएका छन् । म’दिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बि’रामी छन् । ईश्वरको सिटी अस्पताल जनकपुरमा उपचार भइरहेको छ । अन्यको पनि जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक पप्पु नायकका अनुसार उनीहरूले होलीमा अत्यधिक घरेलु म’दिरा सेवन गर्दा मृ’त्यु भएको बताउनुभयो । प्रनि नायकले भन्नुभयो, “उनीहरूले स्थानीय पसलबाट म’दिरा खाएको र कुन म’दिरा खाएको हो पुष्टि गर्न अनुसन्धान थालेका छौँ ।” उहाँले स्थानीय केही पसलबाट म’दिरा नियन्त्रणमा लिएर विषालु होहोइन जाच गर्न पठाएको बताउनुभयो । प्रनि नायकले अवैध घरेलु म’दिरा बेचेको आ’रोपमा स्थानीयवासी रामनन्द साह र तारापट्टीबाली भनिने छठियादेवी चौधरीलाई प’क्राउ गरेर अनुसन्धानका लागि हि’रासतमा राखेको बताउनुभयो ।
सारा गाउँ शो’कमग्न अहिले वि’षाक्त घरेलु म’दिराले नि’म्त्याएको मानवीय क्ष’तिका कारण सारा रमदैया गाउँ नै शो’कमा डुबेको छ । म’दिरा सेवनबाट मृ’त्यु हुनेहरु प्रायः गरिब विपन्न र दलित समुदायका छन् । दैनिक ज्याला मजदूरी गर्ने घरपरिवारमा कमाउने व्यक्तिको मृ’त्युपछि बालबच्चा, वृद्धवृद्धा बाबुआमा तथा श्रीमतीको बिच्चली हुने अवस्थामा छन् ।

७० वर्षीया वृद्धा सिलोचनादेवी मण्डलले शत्रुधन र रामविलास दुई जवान छोरा गु’माउनु परेको छ भने अर्का छोरा पनि भरत पनि अस्पतालको सघन उपचार कक्ष ‘आइसियू’मा जीवनमरणको दोसाँधमा छन् । छोराहरु गु’माएको पी’डा र अर्का छोराको ग’म्भीर अवस्थाबारे सुनेर वृद्धा सिलोचना पनि मु’र्छा परेका छन् । घरीघरी होसमा आउँदा एउटै वाक्य दोहोयाउँछिन्, ९“छोराहरुलाई भगवान्ले खोसे र म बूढी किन जिउँदै छु ।उनीहरु तीनैजना दाजुभाइले छिमेकी शम्भु चौधरीको पसलबाट घरेलु म’दिरा ल्याएर खाएका थिए । अहिले घटनाबारे थाह पाएर शम्भु फरार छन् । त्यसैगरी मृ’त्यु हुनेमध्येका वैदेशिक रोजगारीमा मलेसिया रहेको रामविलास १० दिनअघि मात्रै घर फर्केका थिए । तीन छोरी र एक छोरा रहेका रामविलासको घरको आर्थिक अवस्था दयनीय छ । रामविलासकी श्रीमती फुलो देवी पनि अहिले अ’चेत अवस्था छिन्, फुलो देवी होसमा आउँदा रुँदै भन्छिन्, “मेरो संसार नै उजाडियो, घरमा कमाउने अब कोही छैन, २० लाखभन्दा बढी ऋ’ण छ । अब कसरी ति’र्ने रु छोरीहरूको विवाह कसरी गर्ने रु”

त्यस्तै मृ’त्यु हुने अर्का ब्रह्मदेव यादव अघिल्लो साता मात्र भारतको दिल्लीबाट फर्र्किएका थिए । दिल्लीमा एक–एक चाइनिज कम्पनीमा काम गरिरहेका ब्रह्मदेव कोरोना त्रा”सका कारण कम्पनी तत्कालका लागि बन्द भएपछि घर फर्केका थिए । भा’इसँग बसेर बुधबार म’दिरा पिएका उनको बिहीबार दिउँसो मृत्यु भयो । शुक्रबार ज्या’न गु’माएका इन्द्रजीत महराले सानो किराना पसल चलाएर घरपरिवार पाल्दै आएका थिए । अन्य मृ’तक रामविलास महरा र राजु महरासँगै बसेर उनले घरेलु म’दिरा सेवन गरेर बि’रामी भएका थिए । उपचारका लागि धरान लैजाँदै गर्दा उनको बाटैमा मृ’त्यु भयो ।डेढ वर्षअघि अञ्जु महरासँग विवाह गरेका इन्द्रजीतको ६ महिनाकी छोरी छिन् । घरमा कमाउने इन्द्रजीत मात्रै थिए । श्रीमान्को मृ’त्युले अञ्जु पनि अ’चेत अवस्था छिन् । इन्द्रजीतकै घरको अवस्था रामविलास, राजु र गदरी महराको घरमा छ । उनीहरू सबै छिमेकी हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »