सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

घर भाडा नलिन सांसद छिरिङ दाेर्जे लामाकाे अनुराेध

काठमाडाैँ । बागमती प्रदेश सभाका सांसद छिरिङ दाेर्जे लामाले एक महिनाकाे काेठा भाडा नलिन सबैमा अनुराेध गरेका छन् ।

सारा खबरकाे विशेष संवादमा लामाले आफूले पनि एक महिनाकाे घरभाडा नलिने घाेषणा गरेका छन् । सांसद लामा नेपाली कांग्रेसबाट काठमाडाैँ क्षेत्र नं. ३ काे प्रदेश नं. १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

उहाँले अन्य प्रदेशले के गर्छ भन्दा पनि आफ्ने प्रदेशका सबै घर मालिकहरूलाई एक महिनाकाे घर भाडा नलिन अनुराेध गरेका हुन् । लकडाउनकाे समयमा आफ्नाे प्रदेशका काेही जनता भाेकै भए उहाँलाइ सम्पर्क गर्नलाई अनुराेध गरेका छन् भने स्थानीय तहले गरेकाे काम प्रति धन्यवाद दिएका छन् ।

सांसद लामाले नेकपाकाे सरकारले जनताकाे मागलाई संवाेधन गर्न नसकेकाे आराेप पनि लगाएका छन् । नेपाल र भारतीय बीचकाे सिमाना विवादका लागि बागमती प्रदेशका मुख्यमन्त्रीले खासै भूमिका निर्वाह गर्न नसकेकाेमा चिन्ता व्यक्त गरेका थिए ।

भिडियाे हेर्न नभुल्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »