सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

घुस लिएकाे आराेपमा प्रहरी हवल्दार सहित ४ जना प्रहरीलाई पक्राउ

डिलकुमारि नेपाल,हेटौँडा

बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रलोभनमा परेर घुस लिने प्रहरीलाई शुद्धिकारण गर्ने अभियान चलाएको पाईन्छ ।

यसै क्रममा दिनदाडै घुस लिदै गरेको अवस्थामा मंगलबार एक जना प्रहरी हवल्दार सहित ४ जना प्रहरीलाई प्रहरीले नै पक्राउ गरिएकाे छ ।

वागमती प्रदेश प्रहरी प्रमुख महानिरीक्षक बसन्त कुमार लामाको निर्देशनमा खटिएको अनुगमन टोलीले नयाँ सडकमा चेकजाँचका क्रममा प्रलोभनमा परेर रकम माग्ने ४ जना प्रहरीलाई पक्राउ गरेको हाे।

घुस लिदै गर्दा पक्राउ पर्नेमा प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर,जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर ईलाका प्रहरी कार्यालय मनहरी र ईलाका प्रहरी कार्यालय रामनगर चितवनमा कार्यरत ४ जना प्रहरीलाई सवारी चालकसंग विभिन्न वहानामा रकम मागि लिएको भेटिएपछि नियन्त्रणमा लिएको छ। यस्ता फटाई पुलिस पक्राउ पर्नेहरुमा हेटौँडा–१५ रातोमाटे पोष्टमा कार्यरत र ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनमा कार्यरत २ जना ट्राफिक प्रहरी रहेका छन भने ईलाका प्रहरी कार्यालय रामनगर चितवन र इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत २ जना प्रहरी रहेका समातिएका हुन्। पक्राउ परेका माथि आवश्यक अनुसन्धान र कारवाहि प्रक्रिया अगाडि बढाइएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक सुदिप गिरीले जानकारि दिनु भयाे ।

भर्खरै

सम्बन्धित खबर

Language »