सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“ङाला मायाला रङ्ग २”चन्द्र कुमार अनि तामाङ संगीत बजार

काठमाडौं । “ङाला मायाला रङ्ग २” को म्युजिक भिडियो सार्वजनिक भएको छ।

मोडल मिलन थिङ पाराङको अभिनय रहेको यो म्युजिक भिडियोमा सृजना तामाङले प्रेमको रङ्ग भरिदिएका छन् ।


पछिल्लो समयमा प्रमुख अतिथिको रुपमा गायक तथा वरिष्ठ संगीतकार चन्द्र कुमार दोङ ज्यूलाई रुचाउदै अाएको छ । केही समय उहाँ गीत संगीतको माध्यमबाट टाढा रहनु भएको थियो । त्यत्तिबेला उहाँको धेरै अावश्यकता महसुस गरेका थिए । सायद त्यसैको तिर्सना मेटाउनलाई होला अहिले प्राय तामाङ म्युजिक भिडियोको सार्वजनिक कार्यक्रममा उहाँलाई प्रमुख अतिथिकोरुपमा निम्त्याउने गरिएको छ ।

Photo by: Heruka lama

यसैगरी कार्यक्रममा विशेष अतिथिकोरुपमा नेपाल तामाङ कलाकार संघकाे अध्यक्ष तथा गायक सन्जिव वाईवा,वरिष्ठ उपाध्यक्ष तथा गायक विश्व दोङ, नायक अमिर दोङ, नेपाल तामाङ कलाकार संघकै महासचिव विशाल काल्तन, नायिका रन्जिता ब्लोन, नायक सन्दिप घिसिङ, मोडल अमिता दोङ, नामाङ डाजाङको अध्यक्ष तथा गायक फूल कुमार बम्जन, लगाएतका कलाकारहरु अतिथिका रुपमा रहेका थिए ।

गायिका जितु लोप्चन र गायक विशाल काल्तनको सुमधुर अावाज रहेका छन् ।

प्रेम गीत भएता पनि अाधुनिक संगीतको समयोजनमा तयार परेको गायक विशाल काल्तनले स्वागत मनतव्यको क्रममा जानकारी दिएको छ ।

Photo by: Heruka lama

छायांकनको क्रममा भएको घट्ना विवरणकोबारेमा नायक तथा निर्देशक अमिर दोङले सुनाउने प्रयास गरेको थियो तर उहाँले भिडियो हेरेर नै सल्लाह तथा सुझाव दिन अनुरोध गर्नु भयो।

काठमाडौंको अासपासमात्र तामाङ म्युजिक भिडियोको छायांकन गर्ने परमपरालाई तोड्दै पोखरा लगाएत बाहिरी जिल्लामा “एदा गोर्की ताम” म्युजिक भिडियोले थलानी गरेका थिए । यसैको प्रभाव हुनुपर्छ अन्य म्युजिक भिडियो निर्माताहरुले पनि छायांकन गर्न थालेको देखिन्छ ।

गायक तथा संगीतकार विश्व दोङले अब साँच्चिकै तामाङ सागीतिक क्षेत्रमा वहसको अावश्यकता रहेको बताए ।


कार्यक्रमको अन्तमा टुप्लुक्क तामाङ चलचित्र क्षेत्रका नायिका रोश्नी ब्लोनको अागमन भएको थियो ।

पत्रकारको तर्फबाट तेमाल अनलाइनका कार्यकारी सम्पादक तथा “हाम्रो मिसन समृद्ध नेपाल”को अध्यक्ष सुदिन लामा दोङले कलाकार र पत्रकार एउटै सिक्काको एक पाटा रहेको हुनाले एक अापसमा सहकार्य हुनु अावश्यक रहेको बताए ।

“ङाला मायाला रङ्ग २” को शब्द रचनाकार फूल कुमार बम्जनले कोरोना कहरमा हृदय देखि फूरेको गीत भएको मनतव्यको क्रममा सुनाउनु भयो ।

नेपाल तामाङ कलाकार संघको अध्यक्ष सन्जिव वाईवाले मुलधारको गीत संगीतलाई बाटो बिथोल्न नदिने बाचा गरेका छन् भने नव अागन्तुक कलाकारको नाममा तामाङ गीत संगीतको मौलिकतालाई नबिगार्न खबरदारी गरेकोे छ ।


प्रमुख अतिथि तथा वरिष्ठ संगीतकार चन्द्रकुमार दोङको प्रसंशामा अतिथि कलाकारहरुले समय खर्चेका थिए ।
हुन त चन्द्र कुमार दोङ तामाङ गीत संगीतको मेरुदण्ड नै हो यसमा कुनै दुईमत छैन ।

Photo by: Heruka lama

प्रमुख अतिथि चन्द्र कुमार दोङले गायिका जितु लोप्चनसँग चाँडै नै जुहारी चल्ने घोषणा गरेको छ ।


“रुए मै रुवोस्, मेरो तामाङ हाँसिरहोस्,
मरे मै मरोस् मेरो तामाङ बाचिरहोस् ।।”
सबैलाई यही संकल्प गर्न अनुरोध पनि गरेको थियो ।

Photo by: Heruka lama

भर्खरै

सम्बन्धित खबर

Language »