सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“ङा ब्रेजी”मा नायक कुमार माेक्तानले किन जित्न सकेन निरन्जली लामाकाे मन

काठमाडौँ । जिग्मे मिडियाको सिल्भर बटम पाएको शुभ अवसर पारेर सार्वजनीक भएको गायक हर्क दोङको “ङा ब्रेजी” म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

प्रमुख अतिथि टासी लामाले पत्रकार सम्मेलनमा युट्युब च्यानलले प्रदान गरेको सिल्भर बटम सार्वजनिक गरेर एक लाख सस्क्राइबर पुगेको घोषणा गरेको थियो । यही अवसरमा “ङा ब्रेजी” म्यूजिक भिडियो सार्वजनिक गरेको हो । गायक हर्क दोङको यो तेस्रो म्युजिक भिडियो हो भने जिग्मे मिडियाको २६० औं म्युजिक भिडियो हो ।

यो म्युजिक भिडियोमा सुपरस्टार नायक कुमार मोक्तान र मोडल निरन्जली लामाको दमदार अभिनय रहेको छ । दुवै मोडलहरु तामाङ समुदायमा चिरपरिचित छन् । गायक हर्क दोङ गीत संगीतको बजारमा जम्नका लागि संघर्षरत गायक हुन् भन्दा फरक नपर्ला ।


आज भोलि शहरको प्रेम कस्तो हुनेछ भन्ने सन्देश दिन खोजेको हो कि जस्तो लाग्छ भिडियो हेर्दा । परिवर्तनशील समयसँगै बाँच्न नसक्दा जीवन बर्बाद हुनेछ भन्ने उदाहरण पेश गर्न खोजेको देखिन्छ गायक हर्क दोङले ।

हुन त गायक हर्क दोङले जीवन्त गीतहरुमा स्वर भर्ने कार्य गरिरहेका छन् भने संगीत र गीतको माध्यमबाट समाजलाई परिवर्तनको बाटो तिर डोर्याउन खोजिरहेका छन् । यो पनि समृद्ध नेपालको एक युद्ध नै हो भन्नु पर्छ ।

अन्तमा जिग्मे मिडियाले सम्पुर्ण नेपालीहरुको मन जित्न सफल होस् शुभकामना ।

भर्खरै

सम्बन्धित खबर

Language »