सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चक्रपथ सरसफाइ महाअभियान को १९९औं हप्ता सम्पन्न :२००औं हप्ताको तयारीमा जुटे अभियन्ता हरु

काठ्माण्डौ

बाग्मती सफाइ अभियान को निरन्तरता संगै देशै भरी शुरु भएको सफाइ अभियान मध्य लोक बहादुर टन्डन ले नेतृत्व गरेको चक्रपथ सरसफाइ महाअभियान ले १९९औं हप्ताको नियमित सफाइ कार्यक्रम आज नयाँ बसपार्क बिजी मल आसपास क्षेत्र को सफाइ गर्दै संपन्न गरेको छ ।

आगामी सात गर्ने भनिएको २००औं हप्ताको कार्यक्रम भब्य बनाउन सबै अभियन्ता हरु सकृय रुपमा लागिरहेको अभियान को शुरुवात देखी नै कार्यक्रम ब्यबस्थापन गरीरहेका राष्ट्रवादी गायक तिलक बस्नेत ले बताएका छन् ।

२००औं हप्ताको कार्यक्रम मा राष्ट्रीय ख्यातीप्राप्त कलाकार हरु  को बेजोड सांगितिक प्रस्तुती रहने तथा सांगीतीक जनचेतना मुलक हुने आयोजक समितिका ब्यबस्थापक तिलक बस्नेत ले ब ताएका छन् ।

देशै भरी सफाइ अभियान हरु चले पनि सफाइको क्षेत्र मा उलेख्य सुधार हुन नसक्नु मा स्थानिय सरकार को लापर्वाही रहेको सफाइ अभियान मा नियमिता लागेका अभियन्ता हरु  को गुनासो समेत रहेको  छ । वातावरण संरक्षण ऐन ,फोहरमैला ब्यबस्थापन ऐन ,तथा स्थानिय सरकार संचालन ऐन २०७४ ले फोहरमैला ब्यबस्थापन को क्षेत्र मा प्रशस्त अधिकार दिएको भएपनी त्यस्को सही कार्यन्वयन हुन नसक्दा यस्तो अवस्था आएको अभियन्ता हरु बताउछन् ।

केहि बर्ष पहिला जस्तो काठमाण्डौ  को ठाउँ ठाउँ मा डम्पिङ साइड जस्तै देखिने अवस्थाको कारीव अन्त्य भएको भएपनी फुटपाथ जन्य फोहरको मात्रा पटक्कै घटेको छैन । सरकार ले सार्वजानिक स्थल हरुमा बिक्री गर्न निषेध गरेको पान पराग र गुट्का का खोल हरु अहिले बाटोमा भेटीने सबभन्दा बढी फोहर हो । यसलाई स्थानिय प्रशाशन ले समेत नियन्त्रण गर्न नसक्नु एक लज्जास्पद बिषय भएको अभियन्ता हरु  को गुनासो रही आएको छ ।

चक्रपथ क्षेत्र को कलंकी देखी चाबहिल सम्म को भाग मा सडक को दुबै तर्फ सर्वजानिक र निजी सवारी साधन  को स्थाइ पार्किङ जस्तै बनेको र गाडी बाट निस्कने सबै फोहर त्यही सडक मा नै फाल्ने हुनाले चक्रपथ को यो खण्ड अत्यधिक फोहर मात्र भएको छैन ,ट्र्याक रोड लाई बन्दनै गरेर चलाईएका निर्माण सामाग्री को ब्यबसाय र पार्किङ को कारण त्यस क्षेत्र का बासिन्दा हरु  ले धेरै नै हैरानी खेप्नु परेको छ । काठमाण्डौ महानगर पालिका र ट्राफिक प्रहरीको कार्यक्षेत्र भित्र पर्ने यो बिषय को समाधान हुन नसक्नु  को पछाडी अरु नै केहि तथ्य रहेको हुन सक्ने अभियन्ता  हरुले अनुमान लगाएका छन् ।

यसै गरी अनियन्त्रीत पाराले अब्यबस्थित पार्किङ र फोहर  बढ्दै जाने  हो भने अभियान ले अर्को कडा कदम चाल्न बाध्य हुने हुँदा समयमा नै बुद्धी पुर्याएर त्यस्को समाधान खोज्न स्थानिय सरकार लाई अभियन्ता हरु ले आग्रह समेत गरेकाअ छन्|

भर्खरै

सम्बन्धित खबर

Language »