सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चक्रवातका कारण भारतमा भीषण वर्षा, कम्तीमा ७ जनाको मृत्यु

काठमाडौँ। चक्रवातका कारण भारतमा भीषण वर्षा हुँदा अहिलेसम्म कम्तीमा ७ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको हो। वर्षाका कारण सडक नदीजस्तै बनेका छन्।

तेलंगनाको राजधानी हैदराबादमा मंगलबार दिउँसो भारी वर्षा भएको हो। जसका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ। वर्षाले तेलंगनाको मेडचल(मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।

जहाँ मंगलबार बिहान सुरु भएको वर्षा बुधबार बिहान ५ बजेसम्म जारी रहेको थियो। हैदरबादमा २० वर्षयता यति ठूलो वर्षा भएको थिएन। त्यहाँको हुसैन सागर तालको जलस्तर निकै माथि पुगेको छ।

आन्ध्र प्रदेशमा मंगलबार बिहानै नरसापुरम(काकीनाडा नजिक चक्रवात पुगेको हो। जसका कारण कृष्णा, उभाया गोदावरी और उत्तराञ्चल जिल्लामा

सरकारका अनुसार राज्यभरमा वर्षाका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ। एपमुख्यमन्त्री अल्ला नानीले पीडित नागरिकलाई सहायता गर्ने आश्वासन दिएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »