सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“चम चम ३” ले खोजेको कलाकार

काठमाडौँ । गायक बेनु लामा र गायिका सृजना स्याङतानको “चम चम ३” म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नायक, मोडल तथा कोरियोग्राफर हेरुका लामाको निर्देशनमा छायाँङ्कन भएको म्युजिक भिडियो “चम चम ३” हेरुका लामा अफिसियल युटुव च्यानलबाट बौद्घमा पत्रकार सम्मेलन गरी साउन २७ गते शुक्रबार सार्वजनिक गरिएको हो ।

तामाङ चलचित्र क्षेत्रको महानायक अमिर दोङको प्रमुख आतित्थ्यतामा सार्वजनिक भएको यो म्युजिक भिडियोमा सोनि गोले, रसमिला तामाङ, दिनेश लामा र हास्यकलाकार कुईसाङ रुम्बाको अभिनय गरेको छ ।
गायक बेनु लामा र गायिका सृजना स्याङतानको आवाजमा रेकडिङ भएको “चम चम” म्युजिक भिडियो करिब एक वर्ष अगाडी सार्वजनिक भएको थियो । यो म्युजिक भिडियोमा मोडल निरञ्जली लामा, सबु गोले र हेरुका लामाको अभिनय रहेको थियो । यो म्युजिक भिडियो दर्शकले सार्वधिक मन पराएका थिए ।

म्युजिक भिडियो “चम चम १ देखि ३” सम्म आइपुग्दा दर्शकले मन पराउँछ या पराउँदैन त्यो हेर्न बाँकी नै छन् तर चम चम १ ले मागेको कथा चम चम ३ ले दिन सकेको छ या छैन त्यो दर्शकले नै छुटाउने छन् ।

शब्द रचनाकार प्रतिक मोक्तानका अनुसार हरेक युवाहरुको चन्चले मनलाई प्रतिनिधित्व गरेर चम चम ३ म्युजिक भिडियो निर्माण भएको दाबी गरेको छ । नव मोडल दिनेश लामाले दर्शकले रुचाउनेमा ढुक्क देखिन्छन् । महा नायक अमिर दोङले तामाङ गीत सगीतको क्षेत्रमा चम चम ३ ले नयाँ सन्देश दिने आशा लिएको छ ।

चम चम १ लाई फर्केर हेर्ने हो भने चम चम ३ ले म्युजिक भिडियोमा न्याय दिन नसकेको प्रष्ट देख्न सकिन्छ । मोडल निरञ्जली लामा र सबु गोलेको अभिनयको कारणले ३ मा खोजेको अभिनय नपाएको हुन सकिन्छ । हेरुका लामाले चम चम ३ मा खासै नयाँ पन दिने प्रयास गरेको पाइदैन । जति १ मा दिएको छ । चम चम ३ म्युजिक भिडियोमा पुरानो केही फ्ल्यास ब्याकहरु देखाउन खोजेता पनि कथालाई पुर्णता दिन नसकेको हो या अभिनयलाई सार्थकता दिन नसक्दा फितलो महसुस गर्न सकिन्छ ।

मोडल निरञ्जली लामा र सबु गोलेको तुलनामा सोनी गोले र रसमिला तामाङ छायाँमा परेको हो कि भन्ने प्रश्न उठाउन सकिन्छ । कुनै पनि चलचित्र वा म्युजिक भिडियोको नयाँ भाग आउँदा त्यस भिडियोमा अभिनय गरेको पात्रमा निर्भर हुने गर्दछन् । त्यसको असर चम चम ३ मा भएको देखिन्छ ।

गायक बेनु लामा र गायिका सृजना स्याङतानको यो प्रयास राम्रो छ । तामाङ गीत संगीतमा धाराबाहीकरुपमा यो म्युजिक भिडियोले स्थान ओगट्न सफल भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »