सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चलचित्रसँग सम्बन्धित सात संस्थाले निकाले संयुक्त प्रेस विज्ञप्ति,गालीगलौज नरोकिए कानुनी प्रकियामा जाने

काठमाडौँ / २९ असार ।
कलाकार दिपाश्री निरौलामाथि सामाजिक सञ्जालमा भइरहेको गाली गलौजविरुद्ध चलचित्रसँग सम्बन्धित सात संस्थाहरुले वक्तव्य जारी गरेका छन् । उनीहरुले गालीगलौज नरोकिए अब साइबर कानुन अनुसार कारबाहीको प्रकृया अगाडि बढाउने चेतावनी दिएका छन् ।

चलचित्रसँग सम्बन्धित संस्थाहरु नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ र नेपाल चलचित्र नृत्य संघले उक्त वक्तव्य जारी गरे हुन्।

अभिनेता राजेश हमालमाथि महानायक शब्दबारे दिएको अभिव्यक्तिपछि दीपाश्री निरौलामाथि आएका आरोप/प्रत्यारोप र गालीगलौजले पराकाष्ठा नाघेको वक्तव्यमा उल्लेख छ ।

सामाजिक सञ्जालमा आएका यस किसिमका प्रतिक्रिया नरोकिएमा आफूहरु अब साइबर कानुन अनुसार कारबाहीको प्रकृया अगाडि बढाउने संयुक्त वक्तव्यमा उल्लेख गरिएको हो ।

आफ्नो स्वतन्त्रताको उपभोग गर्दा पेशागत मर्यादा, सामाजिक मर्यादा, आपसी भाइचारा, सदाचार र संयमतालाई समेत मध्यनवर राखी अभिव्यक्ति दिन पनि अनुरोध गरेको छ ।

जारि वक्तव्य…

भर्खरै

सम्बन्धित खबर

Language »