सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चलचित्र ´धुलो`को टेलर सार्वजनिक

काठमाडौं ।फागुन १६ गते रिलिजको तयारीमा रहेको चलचित्र ´धुलो`को टेलर सार्वजनिक भएको छ।

श्रमिक मजदुर र सामाजिक विषयवस्तु कथामा निर्माण गरिएको चलचित्र प्रद्युम्न मिश्रको निर्देशनमा निर्माण भएको हो ।

रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, सुमन घिमिरे,अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा छन् ।नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवा को पनि बिषेश भूमिका रहेको छ ।

दिपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल रहेका छन्।यस चलचित्रको निर्माण संयोजकमा सुमन घिमिरे रहेका छन् भने चलचित्रमा समाबेश गितमा केशव मिश्रको शब्द छ भने शिव परियार,रेजिना रिमाल,युवराज चौलागाईं,मनोज राज को स्वर रहेको छ ।

सुवास सिंह बस्न्यातको लेखन,रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेले गरेका हुन । चलचित्रलाई आरआर फिल्मसले बितरण गर्दैछ

यो चलचित्र ग्लोबल फिल्मस् फेस्टिवल सिकिम २०२० मा समेत छनोट भैसकेको छ । यो फिल्म फेस्टिवल फिल्म फेडरेशन ईन्डियाको आयोजनामा हुँदैछ ।

भर्खरै

सम्बन्धित खबर

Language »