सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चलचित्र ´सम्हालिन्छ कहिले मन‘को रिलिज मिति सार्वजनिक

काठमाडौंं । एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र “सम्हालिन्छ कहिले मन”को रिलिज मिति सार्वजनिक भएको छ । २०७७ भदौ ५ गते तिजको अवसर पारेर रिलिज गरिने निर्माण युनिटले जानकारी दिएका छन् ।

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’निर्माणको लामो समयसम्म प्राविधिक कारणबस रिलिज हुन नसकेको सिनेमा भदौ ५ मा रिलिज हुने अजित कुमार थापा जानकारी दिएका छन्।
सुदर्शन थापाको निर्देशनमा बनेको सिनेमामा पूजा, आकाश र सोनमसँगै सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय रहेको छ।

लण्डन, स्कटल्याण्ड र वेल्समा छायांकन गरिएको यो चलचित्रमा त्रिकोणात्मक प्रेमकथा रहेको छ । निर्मातामा अजितकुमारसँगै अमित बस्नेत छन् । अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको सिनेमामा परि राना सह-निर्माता छन् ।

सिनेमामा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।यो नेपाली सिनेमा इतिहासको महङ्गो चलचित्र हो ।

भर्खरै

सम्बन्धित खबर

Language »