सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चल्लाको बिक्रीमा वृद्वि,मासु र अण्डाको मूल्य पनि आकाशियो

चितवन / ३० असार ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ ।

चल्लाको उत्पादन र खपत बढेको छ, मासु र अण्डाको खपत मात्र होइन मूल्य आकाशिएको छ ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार चैतको सुरुदेखि नै समस्या देखिएको व्यवसायमा असारको आधाआधीमा आइपुग्दा केही आशा पलाएको छ । उत्पादन कम भए पनि बोइलर पालकले उत्पादनको मूल्य पाउन थालेका छन् ।

पछिल्लो समयमा रोग प्रतिरोध शक्तिका लागि प्रोटिनको आवश्यकता पर्छ भएकाले अण्डा र मासुको खपतमा केही सुधार भएको विष्टको भनाई छ।

विष्टका अनुसार केही समययता मासु र अण्डाको माग बढ्न थालेको तर पर्याप्त उत्पादन हुन नसकिरहेको अवस्था छ ।

भर्खरै

सम्बन्धित खबर

Language »