सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”चारदाम” तामाङ समुदायकाे अनाैठाे संस्कार

काठमाडौँ । नेपाल बहुजाती, बहुभाषा, बहुधर्म अनि बहु संस्कार भएकाे देश हाे। यहाँ विभिन्न जातकाे विभिन्न संस्कारहरू रहेकाे पाइन्छन।

परापूर्वकाल देखि चल्दै आएको रीति ‘‘चारदाम”लाई आ-आफनो धर्म, संस्कृति अनुसार मान्ने चलन छ ।

तामाङ समुदायमा पनि ‘‘चारदाम” को छुट्टै महन्व रहेको पाइन्छ भने नेपालको विभिन्न स्थानमा बसोवास गरेका तामाङ समुदायहरुले त्यहाँको भौगोलीक संस्कारको प्रत्यक्ष प्रभावमा ‘‘चारदाम”लाई मान्ने चलन पाईन्छ । तर काभ्रेका तेमाल लगाएत आसपासका तामाङ समुदायले भने ‘‘चारदाम” विवाहित महिलाको मृत्यु पछि मात्र लिने चलन रहेकाे छ ।

तामाङ समुदायमा विवाहित महिलाको मृत्यु भएमा माइती पक्षको अनुमती विना दाहसंस्कार गर्न पाइदैन । त्यसैले माइती पक्षको अनिवार्य उपस्थिती हुनुपर्छ ।

मृत्क महिलाको दाहसंस्कार पछि माइतीपक्षलाई राख्ने संगुनलाई नै ‘‘चारदाम” भनिदो रहेछ । ‘‘चारदाम” बुझाउनु पर्ने कारण भने लामा गुरुको भनाई अनुसर यस्तो रहेछ ।

विविध नियमलाई पुरा गरी माइती पक्षले मृत्युको कारण बुझेर मात्र चारदाम लिदो रहेछ । अनि मात्र छोरा, छोरीले मृत्क महिलाको अन्तिम कर्मकाण्ड अथवा घेवा गर्न पाइन्छ ।

‘‘चारदाम” बुभाए पछि मृत्क महिलाको थर पनि फिर्ता हुने बढो अचम्मको चलन तामाङ जातिमा पाइयो । तसर्थ तामाङ समुदायमा विवाहित महिलाको थर परिवर्तन हुदैन । माइती पक्षले ‘‘चारदाम” यसरी फिर्ता लिने चलन छ ।

भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »