सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चार पालिकाका रोल मोडेल एम्बेसडरलाई युनेस्को बाँकेद्धारा व्याग वितरण

नेपालगञ्ज, बाँके युनेस्को क्लबले बाँकेका चार वटा पालिकामा रहेका प्रेरणाका श्रोत अभियानकर्ताहरुलाई ब्याग, डायरी र कलम वितरण गरेको छ ।


प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित प्रोटेक्ट (महिला बेचविखन विरुद्धको) परियोजना अन्तर्गत महिला बेचविखन विरुद्ध समुदायमा सचेतना फैलाउने काम गर्दै आएका प्रेरणाका श्रोत अभियानकर्ताहरुलाई व्याग, डायरी र कलम वितरण गरिएको हो ।

No description available.

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा रहेका २० जना रोल मोडेल एम्बेसडर (प्रेरणाका श्रोत अभियानकर्ता) लाई काम गर्न सहज होस भन्ने उदेश्यले सो सामाग्री वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

No description available.


बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरी, कार्यसमिति सदस्य फिरदौस जहाँ, कार्यकारी निर्देशक रवि कुमार तुलाधर लगायतले अभियानकर्तालाई ब्याग, डायरी र कलम वितरण गर्नुभयो ।

No description available.


सो सामाग्री पाएपछि महिला बेचविखन विरुद्ध सचेतना अभियान चलाउन झन सहज हुने नेपालगञ्ज उपमहानगरका रोल मोडेल एम्बेसडर स्वेता गुरुंगले बताउनुभयो ।

No description available.

सो अवसरमा क्लबका सह निर्देशक साजिद अलि सिद्दिकी, कार्यक्रम अधिकृतहरु हसन फिरोज, अनुप बर्मा लगायतको पनि उपस्थिति रहेको थियो ।
महिला बेचविखन रोकथामका लागि क्लबले सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तर्गत विभिन्न गतिविधी र कार्यक्रमहरु गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »