सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चार लाख भन्दा धेरै विद्यार्थी अन्योलमा, एसईईको विकल्प के होला ?

काठमाडौं । कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) अब के होला रु चार लाख बढी विद्यार्थी र तीनका अभिभावक यतिबेला अन्योलमा छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको भौतिक उपस्थितिसहित परीक्षा संचालन गर्न नसके त्यसका के के विकल्प हुन सक्छन् भनेर अध्ययन गरिरहेको छ। त्यसका लागि एउटा अलग्गै कार्यदल बनाएको छ। कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए। गत वर्ष पनि कोभिडको कारण एसईई परीक्षा आन्तरिम मूल्यांकनका आधारमा गरिएको थियो।

कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएको शर्मा बताउँछन्। शर्मा अनुसार एसईईबारे एकदुई हप्ताभित्र निर्णय गरिने छ। ‘गल्लीगल्ली डटइन्फो’ले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा प्रवक्ता शर्माले शिक्षक र अभिभावक तम्तयार र उनीहरुबीचको जीवन्त सम्पर्क नभएकाले सिकाइ तथा मूल्याङ्कन सफल नहुने भएकाले विभिन्न माध्यमको प्रयोग गरी स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्नुपर्ने बताए।

शर्माले वार्षिक परीक्षा सम्पन्न गरेका विद्यालयले नयाँ शैक्षिकसत्र सञ्चालन गर्न सक्ने स्पष्ट गरे। कक्षा ८, १० र १२ बाहेकका अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्न सक्नेछ । बालबालिका विज्ञ डा मीनाक्षी दाहालले विषम स्थितिमा बालबालिकालाई समग्र मनोवैज्ञानिक पक्षमा नकारात्मक असर पार्न नहुने बताए। अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षक र विद्यार्थीलाई सहजरुपमा सूचना प्रविधिका साधनमा जोड्नका लागि तीनै तहका सरकारले प्रभावकारी काम नगरेको गुनासो गरे।

भर्खरै

सम्बन्धित खबर

Language »