सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चालक अनुमतिपत्रको छपाइ सकियो, वितरण भने अनिश्चित

काठमाडौं । गत आर्थिक वर्षको शुरुमा झण्डै आठ लाख चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । चालु आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ ।

यातायात व्यवस्था विभागले अधिकांश अनुमतिपत्र छापे पनि यातायात व्यवस्था कार्यालयले कहिले वितरण गर्ने भन्ने निश्चित छैन ।

विभागले सरकारले जारी गरेको बन्दाबन्दीका समयमा समेत थप समय र जनशक्ति प्रयोग गरी अनुमतिपत्र छपाइ सकाएको हो । सामान्यावस्थामा तीन सिफ्टमा अनुमतिपत्र छपाइ गरिँदै आएकामा बन्दाबन्दी अवधिमा चार सिफ्टमा छपाइ गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

विभागले बन्दाबन्दीकै अवधिमा झण्डै पाँच लाख अनुमतिपत्र छपाइ गरेको थियो । साउन महिनाभरमा झण्डै एक लाख अनुमतिपत्र छापिएको थियो । बन्दाबन्दी सकिएपछि असार र साउन अवधिमा नवीकरण भएका अनुमतिपत्रसमेत अहिले छपाइको काम भइरहेको छ ।

अब छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या अति कम मात्रै रहेको यातायात व्यवस्था विभागले जनाएको छ । अहिलेसम्म साउन दोस्रो सातासम्म आएका अनुमतिपत्रको छपाइ सकिएको विभागले जनाएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »