सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चालक र घाट नपाउँदा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या, १३ घण्टा सम्ममा पनि उठाइएन

पोखरा । चालक र घाट नपाउँदा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन समस्या भएको छ । स्याङ्जाका ५९ वर्षीय पुरुषको शव पश्चिमाञ्‍चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा अलपत्र परेको छ । शव बोक्नका लागि हालसम्म कुनै चालक तयार भएका छैनन् ।

शव लैजान नेपाली सेनाको टोली ३ पटक अस्पाल पुगेर फर्किएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० वर्षीय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोनाबाट मृत्यु भएकाको शव जलाउनु पर्ने भए पनि जातीय संस्कारअनुसार गाड्नु पर्ने भएकोले हालसम्म घाटको टुंगो लाग्न सकेको छैन । पोखरा महानगरपालिकाले वडा नं ११ सेती नदीको किनार रिठ्ठाघाटमा गाड्ने भने पनि सहमति जुट्न सकेको छैन । सेनाले उक्त घाटमा एक्स्काभेटरको सहायताले खाल्डो खनेर ठिक्क पारेको छ । तर पोखरा महानगरका ११ र २० नंम्बर वडाका स्थानीयले उक्त घाटमा शव गाड्न नदिने बताएका छन् । ११ का वडाध्यक्ष मोहन बाँस्तोलाले अस्पताल नजिकै रामघाट हुँदाहुँदै अन्यत्र गाड्न लागिएकोमा आफ्नो असहमति रहेको बताए ।

मृतकका पोखरामा भएका आफन्तहरु विहानैदेखि आईसोलेसन वार्ड बाहिर आएर बसेका छन् भने ती मृतकका छोरी र श्रीमतीलाई क्वारेनटाईनमा राखिएको छ ।

शव भएको आइसोलेसन वार्ड थप तीन संक्रमित छन् । शव समयमै व्यवस्थापन नगरिँदा उनीहरुका आफन्तमा मानसिक त्रास पैदा भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »