सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चिकित्सकविरुद्धको प्रदर्शन निन्दनीय

नेपालगन्ज, वेष्टर्न अस्पतालमा एकजना विरामीको मृत्युपछि मृतकका आफन्तहरुले गरेको प्रदर्शनलाई लिएर नेपाल चिकित्सक संघ नेपालगन्जले गम्भीर आपत्ती जनाएको छ ।

विरामीको मृत्युको बिषयलाई लिएर उपचारमा संलग्न चिकित्सक तथा समग्र चिकित्सकहरुकै मानमर्दन हुने गरी पीडितहरुले चिकित्सकलाई हत्याराको संज्ञा दिएर प्रर्दशन गरेको प्रति संघले गम्भीर आपत्ती जनाएको हो ।

शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी संघले चिकित्सकहरुलाई हत्यारा जस्तो गरी लगाइएको आरोप स्विकार्य नहुने चेतावनी समेत दिएको छ । असार १६ गते उपचारका क्रममा बर्दिया राजापुर १० कि ४३ बर्षिया नारायणी कुमारी बोहराको मृत्यु भएको थियो ।

पीडितहरुले चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै विहीबार नेपालगन्जमा नारावाजी गर्दै अस्पतालमा धर्ना दिएका थिए ।

उक्त घटना छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको नेतृत्वमा समिति बनिसकेको छ ।

चित्त नबुझे कानुन बमोजिम न्यायको बाटो रोज्नुको सट्टा समग्र चिकित्सकहरुलाई नै अपमानित र हतोत्साही गर्ने गरी नारावाजी गर्नु दुर्भाग्यपूर्ण भएको संघको भनाइ छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा.विनोद कर्ण, भेरी अस्पताल नेपालगन्जका मेसु डा.प्रकाश थापा, बरिष्ठ चिकित्सक गोपाल थापा, संकेत रिसाललगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »