सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चिडियाखानामा बाघले मान्छे मार्यो

स्वीट्जर्ल्यान्डस्थित एक चिडियाघरमा आगन्तुक तथा कर्मचारीहरूको सामुन्ने एक साइबेरियाली बाघले त्यहाँको महिला कर्मचारीलाई आक्रमण गरी मारिदिएको हो ।

ती महिलालाई मद्दत गर्न कर्मचारीहरू दौडेर घटनास्थलमा पुगेका थिए । तर मद्दत गर्न गएका कर्मचारीहरूले बाघलाई खोरबाट बाहिर निकाल्न त सके तर ती ५५ वर्षीया महिलालाई बचाउन भने सकेनन् ।

ज्यूरिकको चिडियाघरका अनुसार सो हमलाबारे आगन्तुकहरूले पहिलो जानकारी दिएका थिए । ज्यूरिक चिडियाघरले बाघ खोरमा नै रहेको बेला ती कर्मचारी कसरी त्यहाँ पुगिन् भन्नेबारे अनुसन्धान थालिएको बताएको छ  ।

तत्काल पुगेका उद्धारकर्मीहरूले बाघलाई खोरबाट बाहिर निक्लन बाध्य त पारे तर घाइते कर्मचारीको ज्यान भने जोगाउन सकेनन् । मद्दत ढिलो पुग्यो र दुस्खद निधन भयो, ज्यूरिक प्रहरीकी प्रवक्ताले बताइन् ।

इरीना नामक उक्त बघिनीको जन्म डेनमार्कको चिडियाघरमा सन् २०१५ मा भएको थियो। गत साल इरीनालाई जुरिच चिडियाघरमा सारिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »