सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चितवनको रत्ननगरमा बस दुर्घटना,१४ जना घाइते

डिलकुमारि नेपाल,चितवन

पूर्वी चितवनको रत्ननगरका बुधवार भएको सडक दुर्घटना हँदा १४ जना घाइते भएकाे छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा नं १० कृष्णमन्दिर चोकमा ट्रकले मिनीबसलाई ठक्कर दिँदा उक्त मिनीबसमा रहेका १४ जना घाइते भएका हुन ।

राेकेर राखेकाे बा ३ ख ५९१ नम्बरको मिनीबसलाई भरतपुरबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ४३७४ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएकाे इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक प्रकाश शाहले बताउनुभयाे।

घाइतेहरु मध्ये एक जनाको पुरानो मेडिकल कलेज र बाँकी १३ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।अरुकाे अबस्था भने सामान्य रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »