सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चितवनमा निषेधाज्ञा उलंघन गर्नेहरुलाई कारवाहीको अभियान थालिए

शंकर श्रेष्ठ ,पुनम लामिछाने / चितवन जिल्लामा निषेधाज्ञा जारी भएको आज दश दिन भयाे । निषेधाज्ञा जारी भए संगै यसको उलंघन गर्नेहरुलाई कारवाही अभियान थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाका बिभिन्न स्थानमा निषेधाज्ञा अबज्ञा गरी सवारी चलाउने ३ हजार जनालाई कारवाहिमा लिई छाडेकाे छ । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार प्रहरीले निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा निषेधाज्ञाको अबज्ञा गर्दै हिड्नेहरुलाई कारबाहि गरेको छ ।

उहाँका अनुसार कारवाहिमा पर्नेमा ५० प्रतिशत मोटरसाईकल रहेकाे पाईन्छ । बिभिन्न वाहनामा वजार निस्कन खोज्ने उनीहरुलाई तहलगाउने वा कारवाहि गरिएको हो । कारवाहि स्वरुप रु १ सय देखि ५ सय सम्म जरिवाना लिने गरेकाे हाे। यस्तै विहान वेलुकाको समयमा पैदल हिड्ने ३० प्रतिशत हाराहारी रहेका छन् ।

अटेर गर्नेहरुबाट प्रहरीले रु ६ लाख २८ हजार राजस्व समेत अशुल गरेको बताउछन् ।बिना काम “बिभिन्न वाहना वनाएर निषेधाज्ञाको अवज्ञा गर्न निस्कने, सवारी चालक, पैदल यात्री, साईकल यात्री सबैलाई कारवाही गरिएको छ । यसरी कारवाहि गदा पनि हावा खान हिडेकाे भननेले नै हैरान परेकाे उहाँ बताउनु हुनछ। बिना काम नै निस्कनु रोगको जोखिम मोल्नुभएको भन्दै उहाँले निषेधाज्ञाको पालना सबैले गर्न जरुरी रहेको बताए।कार्यालयले जिल्लाका बिभिन्न स्थानमा आकस्मिक चेकजाँच, नियमित चेकजाँच गर्दै आएको पनि छ।

स्थानीय प्रशासनले कोरोना संक्रमण वढ्दै गए पछि साउन ३० गते मध्ये रातबाट भरतपुर महानगरपालिका, साउन ३२ गते मध्यरातबाट माडी नगरपालिका वाहेकका स्थानीय तह र भदौ ५ गतेबाट जिल्ला भर निषेधाज्ञा जारी गरेकाे थियाे।दोस्रो चरणको निषेधाज्ञा जारी भईरहेको समयमा जिल्लामा कोरोना संक्रमितको संख्या पनि वढ्दै गएको पाईन्छ ।

आज सम्म जिल्लामा ३ सय ६८ जनामा संक्रमण देखिएको पाईन्छ । जसमध्ये हाल तीन जनाको मृत्यु भएको पाईन्छ ।जसले गर्दा राेगसंग हामीले जथाभावी रुपले लिन नहुने उहाँको भनाई छ।

भर्खरै

सम्बन्धित खबर

Language »