सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चितवनमा वनमन्त्री शक्ति बस्नेतको राजीनामा माग्दै प्रदर्शन

शंकर श्रेष्ठ ,चितवन,
निकुञ्जले चेपाङ समुदायमा ज्यादती गरेको भन्दै चितवनमा वनमन्त्री शक्ति बस्नेतको राजीनामा माग्दै प्रदर्शनमा उत्रिका छन् । ‘हाम्रो नेपाल, हामी नेपाली’ संस्था र चेपाङ समुदायले आज पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको भण्डारा चोकमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा युवाहरुले राप्ती नगरपालिकामा सेनाको कुटाइबाट मृत्यु भएका ‘राजकुमार चेपाङको समेत हत्यारालाई कारबाही गर’ वन मन्त्री बस्नेतको राजीनामा माग गरेका छन्। सोहि क्रममा आधाघण्टा चक्काजाम गरिएको थियो ।

उनीहरुले बनमन्त्रीले दिएको अभिव्यक्तिको समेत चर्को विरोध गरेका थिए । गत साउन १ गते राप्ती नदी आसपास क्षेत्रमा घोँगी टिप्न गएका राजकुमारलाई चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले नियन्त्रणमा लिएर कुटपिट गरी छाडेको र त्यसको केही दिनमै मृत्यु भएको उनिहरुकाे दाबी परिवार गरेका छन् ।

चितवनको राप्ती नगरपालिका–२ का घरभएकाराजकुमारको साउन ८ गते उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो ।राजकुमारका बाबु विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गर्दै लास नबुझ्ने अडान लिँदै आएका हुन्। सेनाले कुटेर घर आएपछि राजकुमार बिरामी भएको र मृत्युका कारण सेनाको कुटाइ नै भएको बाबु विष्णुलाले बताए । सेनाले भने कुटपिटबाट मृत्यु भएको भन्ने परिवारको दाबीलाई इन्कार गर्दै आएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि शव पोष्टमार्टम गर्न परिवारका सदस्यहरु सहमत भएका थिए । वार्तामा राजकुमार चेपाङको परिवार बस्दै आएको घर चितवन राष्ट्रिय निकुञ्जले बनाइदिने, उनकी डेढ वर्षीया छोरीका लागि मासिक एक हजार रुपैयाँ जम्मा गरिदिने र मृतककी श्रीमतीलाई क्षमताअनुसारको जागिर गरि सहमति भएको परिवारजनको भनाइ छ ।

भर्खरै

सम्बन्धित खबर

Language »