सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चिनियाँ नागरीकहरु द्वारा सिंहदरबार घेराउ : प्रहरीसँग धरपकड

नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बन्दाबन्दीका समयमा नि षेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि तिनलाई पक्राउ गरिएको सिंहदरबार प्रहरी वृत्तका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिए ।

सिंहदरबार अगाडिबाट साढे ३ बजे करीब २५ चिनियाँलाई पक्राउ गरिएको हो । उनले निषेधित क्षेत्र तोडे सिंहदरबार आएर प्रहरीमाथि नै आक्रमण गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बताए। ती नागरिक घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्यााक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । “उनीहरु निषेधित क्षेत्रतर्फ आउन थालेपछि हामीले रोक्यौँ तर उनीहरु नमानेर सिंहदरबारसम्म आए”, उनले भने “सिंहदरबार आएर पनि हामीमाथि आक्रमण गरेपछि हामीले तिनीहरुलाई नियन्त्रण लिएका हौँ ।”

उनीहरुले प्रहरीको लाठी खोसेर तिनलाई नै हिर्काएका थिए । त्यसको जवाफमा प्रहरीले पनि उनीहरुमाथि ला ठी हानेको थियो । लाठीबाट प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको टाउकामा चोट लागेको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार बस्नेतसहित नेपाल प्रहरीका पाँच र उनीहरुतर्फ ६ घाइते भएका छन् । पक्राउ गरी तिनीहरुलाई भुकृटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको उनले जानकारी दिए । प्रहरीले भद्रकालीबाट नै प्रवेश गर्न नदिए पनि उनीहरु ठेलमठेल गर्दै सिंहदरबार पुगेका थिए । पर्यटक राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »